एनआरएन बेलायतमा विवाद, समानान्तर एनआरएन बन्ने सम्भावना

काठमाण्डु टुडे २०७० भदौ २ गते २:५० मा प्रकाशित

बेलायत, २ भदौ -गैरआवासीय नेपाली संघ एनआरएन बेलायतमा आन्तरिक विवाद तीव्र बनेको छ ।
विवादसँगै एनआरएन बेलायत दुई चिरामा विभाजित हुने देखिएको छ । सदस्यस्ता फाराम भर्ने विषयमा निर्वाचन समितिले देखाएको गलत रबैयाले विवाद बढेको हो ।

photo (1) विवादपछि नामा दर्ता गर्नबाट बञ्चित भएकाहरुले समानान्तर एनआरएन गठनको तयारी थालेका छन् । असन्तुष्ट प्रक्षले आगामी १५  अगष्टमा छुट्टै भेला बोलाएको छ । निर्वाचन समितिले सदस्यताका लागि आवेदन दिने १५ हजारलाई कार्यालयको ढोकाबाटै फिर्ता पठाइदिएपछि विवादले अर्को एनआरएन बनाउने सम्मको रुप लिएको हो ।
आफूहरु सदस्यताबाट बञ्चित हुँदासमेत बेवास्ता गरेको भन्दै बेलायत बस्दै आएका नेपाली आक्रोशित बनेका छन् ।image (1) बेलायत एनआरएनमा भएको विवादले नेपाली समुदायलाई विभाजित गर्दैछ भन्ने सन्देश विश्वभर छरिएर रहेका प्रवासी नेपालीमा पर्ने देखिएको छ  । बेलायतमा झण्डै  एक लाखभन्दा बढी सख्यांमा नेपालीहरु रहेको अनुमान गरिन्छ ।  तर हालसम्म एनआरएनको सदस्यता पाउनेको संख्या तीन हजारको हाराहारीमा छ ।

विगतका चुनावमा सहमतिका आधारमा नेतृत्व चयन हुँदै आएकामा वर्तमान कार्यसमितिको असफलताका कारण सहमतिको वातावरण बिग्रिएकाले यसपटक अध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी  परेको छ । बेलायतमा बसेका नेपाली विभाजित हुनुमा त्यसले पनि काम गरेको छ । चुनावी सरगर्मी बढेसँगै सदस्यता वितरणमा पक्षपात भएको छ । नयाँ सदस्यताका लागि आवेदन दिनेको संख्या करिब १७ हजारको हाराहारीमा पुग्ने अनुमान गरियो ।

यो सँगै अध्यक्षका प्रत्यासीहरु नै सदस्यता शुल्क बुझाउने काममा लागेपछि तलबाट चर्को विरोध भयो । सदस्यता वितरणमा देखिएको त्रुटि नै एनआरएन बेलायतको विवादको मुख्य चुरो भएको धेरैको बुझाई छ । पैसा नहुनेले एनआरएनको नेतृत्व लिनु कल्पनाबाहिरको विषय बन्दै जानु प्रवाशी नेपालीहरुको भावनाविपरीत हो । जुन कुरा एनआरएन बेलायतले रोक्न सकेन । अध्यक्षका प्रत्याशीले जित्नका लागी कम्तिमा ६ हजारको हाराहारीमा सदस्य बनाउनुपर्ने र त्यसका करिब ६० हजार पाउण्ड सदस्य सुल्क मात्रै लाग्ने हुनाले र अन्य खर्च जोड्दा लगभग एक लाख पाउण्डको हाराहारीमा खर्च हुने देखिन्छ ।

बेलायत एनआरएनमा पैसा हावी भयो भन्ने नै बेलायतबासी नेपालीको मुख्य चिन्ता हो । एनआरएन बेलायतमा पैसा नभएका तर बुद्धि र विवेक भएकाहरुले पनि स्थान पाउने बातवरण निर्माण हुनुर्पयो भन्ने बहस पनि सुरु भएको छ । एनआरएन सबैको साझा संस्था भन्ने गरिए पनि व्यवहारमा ठीक उल्टो रहेको पाइयो । आमुक संगठनका सदस्यहरुले यो संस्थालाई आप्mनो पकडमा राख्न खोज्नुले पनिवे ठाउँ पाएको ठानिन्छ ।image

किन भयो सदस्यता फाराम दर्ता बहिस्कार
चुनावको सदस्यता भर्ने अन्तिम दिन बेलायतको रिडिङमा  निर्वाचन कार्यलयमा लगभग दुई सयको हाराहारीमा उपस्थित नेपालीहरु सिमसिमे पानीमा भिजेरै भए पनि सदस्यताका लागी लामबद्ध थिए । एक जनाले एक सय फाराम बढी दर्ता गर्न नपाउने नियम निर्वाचन समितिले बनाएको थियो । लगभग ५० जनाको हाराहारीमा फर्महरु लिएर उभिएका थिए । एक जना आफूसँग १५ वटा फाराम रहेको र १५ जना चाहिएको भन्दै थिए । समग्रमा उत्साहित वातावरणमै काम अगाडि बढेको देखिन्थ्यो । म अध्यक्षको प्रत्यसीहरुसँगै थिएँ ।

उहाँहरुमध्ये दुई जनालाई पुरै समय चिन्तित रहेको पाएं । यो चिन्ता कि त एकता गर्ने भन्ने विषयमा छ कि त आर्थिक सवालमा थियो । तर एकाएक अध्यक्षका अर्का प्रत्यासी महेन्द्र कँडेल कार्यालयबाट निर्वाचन समितिप्रति विश्वास गर्ने कुनै आधार नरहेको भन्दै निस्कनुभयो । फाराम बुझाउन लाइनमा बसेका सबैले फाराम फिर्ता दिए । फर्म महेन्द्र कँडेल र सूर्य नेम्वाङ्गले फिर्ता लिएका थिए ।

दुवै जनाले पाराम दर्ता कार्यक्रम नै आपूmहरुका तर्फबाट स्थगित गरेको जानकारी दिए । उनीहरुले एघार हजार सदस्यले सदस्यता फाराम भर्न बहिस्कार गरेको जानकारी दिए ।

के भन्छन तीनै जना अध्यक्षका प्रत्यासी ?  
योगेनबहादुर क्षत्री
मेरो मुख्य उद्देश्य मिलेर जाउँ भन्ने नै हो । साथीहरुले फाराम बुझाउनुस म सहमतिका लागी छलफल गर्न तयार छु ।  एनआरएन विवादरहित रहोस भन्नेमा मेरो चासो हो । तर त्यो सम्भावना कम हुँदै गएजस्तो लाग्छ ।
महेन्द्र कंडेल
सहमतिका विषयमा कुरा गर्दा बेलायतका हरेक नेपालीलाई एउटा विषयमा मात्रै के थाहा छ भने गएको कार्यकालमा सहमतिका लागी कसले कति गर्यो । मैले एनआरएन बेलायतमा सहमतिका लागि गरेको योगदानको मुख्य मर्म बुझ्न नसक्नु नै सहमतिको बाधक हो । अहिलेको विवाद भनेको निर्वाचन समितिका कारण उब्जिएको हो ।  समितिलाई विस्तार गरेर विश्वासको वातावरण बनाउन पटकपटक आग्रह गरें । तर यसबारे कसैले चासो दिएनन् ।

सूर्य नेम्वाङ्ग
सहमतिभन्दा पनि एनआरएन बेलायतले लिने को बिषय मुख्य हो । सदस्य बनाउने विधिमा नै परेको छैन । पैसा हुनेले मात्र चुनावमा जाने प्रकृया गलत छ । एनआरएन बेलायत दुई वटा बन्ने छ हामी त्यही प्रक्रियामा जानेछौं ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us