
काठमाण्डू, १९ वैशाख– सरकारले आगामी आर्थिक वर्षका लागि शुक्रबार संघीय संसदका दुवै सदनको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
यसपटकको नीति कार्यक्रम विगतको तुलनामा धेरै छोटो र संक्षिप्त छ । राष्ट्रपति रामचन्द्र पौडेलले ५६ पेजको नीति तथा कार्यक्रम प्रस्तुत गरे । यो पछिल्लो पाँच वर्षयताकै सबैभन्दा छोटो नीति कार्यक्रम हो । पूर्ववर्ती पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि ८४ पेजको नीति तथा कार्यक्रम ल्याएको थियो ।
छोटो भए पनि अधिकांश कार्यक्रम परम्परागत र विगतकै निरन्तरतामा छन् ।