सरकार–माओवादी वार्ता स्थगित

काठमाण्डु टुडे २०७० भदौ २ गते १०:२० मा प्रकाशित

काठमाण्डु २ भदौ-आन्तरिक गृहकार्य नपुगेको भन्दै नेकपा–माओवादी नेतृत्वको ३२ दलीय मोर्चा र सरकार वीचको वार्ता अनिश्चितकालका लागि स्थगित भएको छ । बबरमहलस्थित शान्ति सचिवालयमा अपरान्ह बस्ने भनिएको बैठक आन्तरिक गृहकार्य नपुगेको भन्दै स्थगित भएको हो ।

बैठक स्थगितपछि ३२ दलीय मोर्चा कार्यदलको बैठक नेकपा–माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको छ । उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग भएको ६ बुदे सहमति र निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएमा निर्वाचनको मिति सार्न तयार रहने चार दलका नेताहरुको अभिव्यक्तिपछि माओवादी नेतृत्वको मोर्चा दबाबमा छ ।
सरकारले मंसिर ४ गतेलाई केन्द्रबिन्दु मानेर वार्तालाई अघि बढाएको छ भने मोर्चाले यथास्थितिमा परिवर्तन भएमा निर्वाचनमा सहभागी हुने र यथास्थिति कायम रहेमा निर्वाचन बहिस्कार गर्ने घोषणा गर्दै आएको छ । मोर्चाले गोलमेच सम्मेलन मार्फत संबिधानका अन्तरबस्तुमा सहमति जुटनु पर्ने बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us