भ्रष्टाचार मुद्धामा प्रतिरक्षा रणनीति बनाउन माधव नेपालले बोलाइ पार्टी बैठक

काठमाण्डु टुडे २०८२ असार ११ गते १०:०४ मा प्रकाशित

काठमाण्डू, ११ असार– नेपाल एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा १३ असारमा बस्ने गरी बैठक बोलाइएको सो पार्टीले जनाएको छ ।

अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जली योगपीठलाई हदबन्दीभन्दा बढी जग्गा किन्न र बेच्न अनुमति दिँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २२ जेठमा विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएपछि एकीकृत समाजवादीको बैठक बस्न लागेको यो पहिलोपटक हो ।

बैठकमा नेपालविरुद्धको मुद्धाको प्रतिरक्षा कसरी गर्ने भन्नेबारे समेत छलफल गर्ने कार्यसूची हरेको उपाध्यक्ष डा. बेदुराम भुसालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us