एमाले कार्यालय अगाडिबाट मनोहरामा हामफाले युवक, सशस्त्र प्रहरीले ज्यान बचायो

काठमाण्डु टुडे २०८२ असार ११ गते ९:४१ मा प्रकाशित

ललितपुर, ११ असार– मनोहरा खोलामा हामफालेका युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

नुवाकोटका १८ वर्षीय आयुष बडाल बुधबार बिहान पौने ७ बजेतिर ललितपुर महानगरपालिका–९ बालकुमारीबाट मनोहरामा हामफालेका थिए ।

च्यासलस्थित एमाले कार्यालयको सुरक्षार्थ तैनाथ टोलीले युवकको उद्धार गरेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

बालकुमारीस्थित पुनर्जीवन अस्पतालमा उपचाररत बडाल किन हामफाले भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । उद्धार गरिएका बडालको अवस्था सामान्य रहेको पनि थापाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us