नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार

काठमाण्डु टुडे २०८२ जेठ १६ गते ९:२६ मा प्रकाशित

तस्बिर सौजन्यः सशस्त्र प्रहरी बल

चितवन, १६ जेठ– नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार भएको छ ।

नदीजन्य वस्तु निकाल्न बनाइएको अस्थायी बाँध फुटेपछि २२ मजदुर भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीबीचमा फसेका थिए ।

सशस्त्र प्रहरी बल १७ नम्बर गण चितवनबाटबाट गएको गोताखोरसहितको टोलीले नदीमा फसेकाको उद्धार गरेको हो ।

यसैबीच नदीबाट गिट बालुवा झिक्न गएको एउटा टिपर भने डुबेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us