
सुनसरी, १ भदौ । सुनसरीको नरसिंह क्षेत्रबाट भन्सार छलेर भारतबाट ल्याइँदै गरिएको अवैध सामान प्रहरीले बरामद गरेको छ ।
सीमावर्ती भारतको बसमतिया बजारबाट सातवटा साइकलमा राजश्व छलेर इनरुवातिर ल्याउँदै गरिएको करिब २ लाख बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका निरीक्षक राजेन्द्र बस्नेतका अनुसार तस्करहरुले भन्सार छल गरी ल्याएको लत्ताकपडा, मलखाद्य, बिस्कुट, चिनीलगायत अवैध समान इनरुवातर्फ ल्याईरहेको विशेष सुराकीको अधारमा बरामद गरिएको बताए । सीमा क्षेत्रमा प्रहरीले निगरानी बढाएपछि सीमा नाकामा हुने तस्करीमा कमी आएको छ ।