
ललितपुर २ भदौ–नेकपा एमालेका नेताहरुले तामाङ समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरेका छन । एमाले निकट नेपाल लोकतान्त्रिक तामाङ संघको अगुवा कार्यकर्ताहरुको राष्ट्रिय भेलामा एमाले अध्यक्ष झलनाथ खनाल र महासचिव इश्वर पोखरेलले त्यस्तो धारणा व्यक्त गरेका हुन ।
अध्यक्ष खनालले अवको संविधान सभा निर्वाचनमा तामाङहरुको जनसंख्याको आधारमा समानुपतिक प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिवद्धतता व्यक्त गरे । उनले एकढिक्का भएर संविधान सभा निर्वाचनमा अगाडी वढ्न आग्रह गर्दै संविधान निर्माण सुनिश्चित गर्न तामाङहरुको महत्वपूर्ण भूमिका रहने बताए ।
कार्यक्रममा महासचिव इश्वर पोखरेलले मुलूकको पांचौ ठूलो जनसंख्या एवम् आदिवासी जनजातिमा तेस्रो स्थान ओगट्ने तामाङ समुदायको समानुपातिक प्रतिनिधित्व गर्न–गराउन पार्टी सचेत रहने प्रतिवद्धता जनाए ।
कार्यक्रममा पोलिटव्युरो सदस्य नागेन्द्र चौधरी, केन्द्रीय सल्लाहकार सदस्य हर्कमान तामाङले अव तामाङ बाहुल्य क्षेत्रमा तामाङलाई नै उमेद्वार बनाएर जानु पर्ने धारणा व्यक्त गरे ।
एमाले केन्द्रीय सदस्य तथा संघका उपाध्यक्ष शेरबहादुर तामाङले नेपाल लोकतान्त्रिक तामाङ सङघको अवधारण र संघीयता सम्बन्धि नेकपा एमालेको प्रस्ताब विषयक राजनीतिक कार्यपत्र पेश गरेका थिए । भेलामा मुलुकभरीका ७५ वटै जिल्लाबाट एमालेका एक हजारभन्दा बढी तामाङ अगुवा कार्याकर्ताको उपस्थिति थियो ।