संबिधानसभा निर्वाचनमा पर्याप्त पर्यवेक्षक पठाउन अन्तराष्ट्रिय समुदायलाई आग्रह

काठमाण्डु टुडे २०७० भदौ २ गते १५:१७ मा प्रकाशित

काठमाण्डु २ भदौ –अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले पर्याप्त संख्यामा पर्यवेक्षक पठाएर आगामी मंसिर ४ गते हुने संबिधानसभा निर्वाचनको अवलोकन गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेका छन । बिश्वका एक सय ३८ मुलुकसँग नेपालले कुटनीतिक सम्बन्ध बिस्तार गरिसकेको स्मरण गराउदै अध्यक्ष रेग्मीले त्यस्तो आग्रह गरेका हुन ।

khilraj regmi

दक्षता र क्षमताले भ्याएसम्म आफनो जिम्मेवारी पूरा गर्न सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको उनले बताए । ‘स्वतन्त्र र निष्पक्ष वातावरणमा संबिधानसभा निर्वाचन गराएर नेपाललाई लोकतान्त्रिक स्थायित्व,शान्ति र समृद्धिको दिशामा लैजान सरकार पूर्ण रुपमा प्रतिबद्ध छ’ बिश्व मामिला परिषदद्धारा आइतवार काठमाण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष रेग्मीले भने ‘स्वतन्त्र,निष्पक्ष,बिश्वसनीय र समावेशी निर्वाचन हाम्रो प्राथमिक उद्देश्य हो ।’

आर्थिक कुटनीतिले नेपालको परराष्ट्र नीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै लगेको स्मरण गराउदै अध्यक्ष रेग्मीले भने ‘बैदेशिक व्यापार,प्रत्यक्ष बैदेशिक लगानी,प्रविधि हस्तान्तरण,बैदेशिक रोजगार र पर्यटन हाम्रो कुटनीतिका मुख्य पक्ष हुन ।’ गैरआवासीय नेपालीहरुले पनि नेपालको आर्थिक बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनले बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us