चर्चित डन मनाङ्गे मध्यरातमा पक्राउ

काठमाण्डु टुडे २०७० भदौ १ गते ३:३३ मा प्रकाशित

काठमाण्डु, १ भदौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले चर्चित गुण्डा नाइके दीपक मनाङ्गे भनिने राजिव गुरुङलाई गएराति पक्राउ गरेको छ ।
dipakसीआईबीको विशेष टोलीले राति करिब ११ बजेतिर काठमाडौँको सिटी सेन्टरबाट मनाङ्गेलाई पक्रेको हो । गुण्डा गर्दीको आडमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका मनाङ्गे फरार थिए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत ५ जेठमा मनाङ्गेसहित पाँच डनविरुद्ध गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।
मनाङ्गेबाट १४ करोड ७३ लाख ३१ हजार बिगो दाबी गरिएको छ । आज शनिबार परेकाले मनाङ्गेलाई आइतबार मात्र विशेष अदालतमा उपस्थित गराउने तयारी प्रहरीले गरेको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन–२०६४ को दफा ३० मा  स्रोत नखुलेको सम्पूर्ण सम्पत्ति जफत र सोहीबराबर बिगो/जरिवाना वा एकदेखि चार वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us