काँग्रेसद्धारा उम्मेदवार सिफारिस गर्न निर्देशन

काठमाण्डु टुडे २०७० भदौ १ गते १५:३६ मा प्रकाशित

काठमाण्डु १ भदौ–संबिधानसभाको दोस्रो निर्वाचनका लागि नेपाली काँग्रेसले आगामी भदौ २० गतेसम्म उम्मेदवारको नाम सिफारिस गर्न सबै जिल्ला समितिलाई निर्देशन दिएको छ । सो पार्टीको केन्द्रीय कार्यसमितिको शनिवार पार्टी मुख्यालय ललितपुरमा बसेको बैठकले त्यस्तो निर्देशन दिएको हो ।

nc flagबैठकले जिल्ला,क्षेत्र,नगर,नगर वडा,गाउँ र गाउँ वडा र मतदान केन्द्र समितिका पदाधिकारीको नामावली पनि सो पार्टी केन्द्रले मागेको छ । बैठकले संबिधानसभा निर्वाचनका लागि काँग्रेसको घोषणापत्र तयार गर्न १५ सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको छ ।

उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ,केबी गुरुङ,बिमलेन्द्र निधि,डा रामशरण महत,अर्जुननरसिंह केसी,महेश आचार्य,नरहरि आचार्य,डा नारायण खडका,डा मिनेन्द्र रिजाल,डा प्रकाशशरण महत,मिना पाण्डे,मानबहादुर बिश्वकर्मा,गगनकुमार थापा र बद्री पाण्डे छन । समितिमा आवश्यकता अनुसार संयोजक पौडेलले संख्या थप्न सक्ने अधिकार पनि बैठकले दिएको छ ।
बैठकले निर्वाचनका लागि खर्च जुटाउन सभापति सुशिल कोइरालाको संयोजकत्वमा सात सदस्यीय निर्वाचन कोष निर्माण समिति गठन गरेको छ । जसमा बरिष्ठ नेता शेरबहादुर देउवा,उपसभापति रामचन्द्र पौडेल,कोषाध्यक्ष चित्रलेखा यादव,केन्द्रीय सदस्यहरु रामकृष्ण ताम्रकार,डा रामशरण महत र दीपकुमार उपाध्याय रहेका छन । काँग्रेस केन्द्रीय समितिकोअर्को बैठक भदौ ७ गते बस्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us