
काठमाण्डू, ३ असार– प्रहरीले पत्रकार दिलभूषण पाठकलाई कार्यालयमा उपस्थित हुन भन्दै सूचना जारी गरेको छ ।
प्रहरीको साइबर ब्युरोले मंगलबार पाठकका नाममा सूचना जारी गरेको हो । पत्रमा विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएकाले उपस्थित हुन भनिएको छ ।
पाठकलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत काठमाण्डूबाट अनुमति लिएको थियो । पक्राउ पुर्जीविरुद्ध पाठकले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
उच्च अदालतले सोमाबार कानूनविपरीत नगर्न अल्मकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई आगामी ५ असारमा छलफलमा बोलाएको थियो ।
ब्यूरोले सूचनामा नजिकको प्रहरी कार्यालय वा ब्युरोको कार्यालयमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न पाठकलाई भनेको छ ।