अर्थमन्त्री कोइराला ब्रसेल्समा

काठमाण्डु टुडे २०७० भदौ २८ गते १३:१७ मा प्रकाशित

sankar काठमाण्डु २९ भदौ–बेल्जियमको गेन्ट शहरमा शनिवारदेखि शुरु हुने भलान्द्रा एक्स्पोमा एसेन्टा ०१३ व्यापार मेलामा सहभागी हुन अर्थमन्त्री शंकर कोइराला ब्रसेल्स पुगेका छन । पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोइराला शुक्रवार काठमाण्डुबाट ब्रसेल्स प्रस्थान गरेका थिए ।

यस वर्ष नेपाल ‘गेष्ट अफ अनर’को रुपमा रहेको छ । सो अवसरमा बेल्जियम तथा युरोपियन युनियनसँग द्विपक्षीय विषयमा छलफल गर्ने कार्यक्रम रहेको अर्थमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही अवसरमा युरोपियन ईन्भेष्टमेण्ट बैंकका प्रतिनिधिहरुसँग लगानी प्रबर्धनका विषयमा छलफल गर्ने कार्यक्रम छ । नेपालका निजी क्षेत्रका व्यापारीहरुको उल्लेखनीय उपस्थिती रहेको उक्त मेलामा भाग लिनका लागि नेपाल उद्योग वाणिज्य महासंघका भूतपूर्व अध्यक्ष कुश कुमार जोशी पनि ब्रसेल्स प्रस्थान गरेका छन ।

शनिवारदेखि देखि २२ सम्म बेल्जियमको गेन्ट शहरको भलान्द्रा एक्स्पोमा एसेन्टा ०१३ व्यापार मेला हुँदैछ । मेला अवधिमा पर्यटन प्रर्बद्धन गर्ने प्रकृतिका ४५ मिनेटसम्मका नेपाली बृत्तचित्र बेल्जियमका राष्ट्रिय टेलिभिजनहरुमा प्रसारण हुनेछन।
नेपालमा पर्यटन प्रवद्र्धन गर्न आयोजित सो मेलामा नेपाली व्यवसायीहरुले स्टल बुकिङ गरिरहेका छन। नेपाली व्यवसायी संघका महासचिव लोक दाहालका अनुसार करीव ८० प्रतिशत स्टल बुकिङ भइसकेका छन। उनले काठमाण्डु टुडेसँग भने ‘जुनसुकै मुलुकमा रहेका नेपाली व्यवसायीहरुले स्टल बुकिङ गर्न सक्ने व्यवस्था मिलाएका छौ।’

दुई हजार यूरोमा बिक्री भएका स्टल अहिले नेपाली व्यवसायीहरुका लागि सहुलियत दरमा उपलब्ध गराउन लागिएको पनि दाहालले जानकारी दिए। उनका अनुसार  एसेन्टा ०१३ कन्ट्री गेष्ट अफ अनरका संयोजक अर्जुन कुमार श्रेष्ठ र नेपाल व्यवसायी संघ वेज्जियमका अध्यक्ष हरिकुमार शर्माले स्टल बुकिङका लागि व्यवसायीहरुसँग समन्वय गरिरहेका छन। मेलामा नेपाली हस्तकलाका सामान,नेपाली खाना,नेपाली संस्कृति झल्कने बाजा पनि हुनेछन। मेला आयोजनाका लागि बेल्जियमका लागि नेपाली राजदुत राममणि पोखरेल संयोजन गरी नेपाली व्यवसायीहरुलाई मेलामा सहभागी गराउन प्रोत्साहन दिइरहेका छन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us