‘बर्डफ्लु भारतबाट भित्रियो’

२०७० भदौ ६ गते १०:५९

काठमाडौ, ६ भदौ–नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले नेपालमा भारतबाट बर्डफ्लु भित्रिएको दावी गरेका छन् । अखिल नेपाल किसान महासंघद्धारा बिहिवार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष गौतमले तत्कालिन प्रधानमन्त्री डा बाबुराम भट्टराईले भारतीय कृषि उत्पादनमा डम्पिङ चार्ज हटाएपछि बहुराष्ट्रिय कम्पनी केएफसीले भित्राउने मृत कुखुराको मासुबाट...

यथाशीघ्र गोलमेच बैठक गर्ने सहमति

२०७० भदौ ६ गते ६:२३

काठमाण्डु, ६ भदौ– उच्चस्तरीय राजनीतिक समिति र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध मोर्चाबीच थयाशीध्र सर्वदलीय वार्ता आह्वान गर्ने सहमति भएको छ । समिति र मोर्चाबीच बिहीबार भएको वार्तामा निर्वाचनसहित सबै विषयमा सहमति जुटाउन सर्वपक्षीय वार्ता गर्ने सहमति भएको बैठकपछि नेताहरुले बताएका छन् ।  बैठकको...

मन्त्रिपरिषद् अध्यक्ष रेग्मी र प्रचण्डबीच भेटवार्ता

२०७० भदौ ६ गते ६:१८

काठमाण्डु, ६ भदौ । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार भेटवार्ता भएको छ । भेटका क्रममा आसन्न संविधानसभा निर्वाचन र असन्तुष्ट दलसँग भइरहेका सहमति प्रयासबारे छलफल भएको मन्त्रिरिषद् अध्यक्षको निजी सचिवालयले जनाएको छ । अध्यक्ष रेग्मीका प्रेस...

गाईजात्रा पर्व सुरु

२०७० भदौ ६ गते ६:१५

काठमाण्डु, ६ भदौ– दिवङगत आफन्तको सम्झना तथा आत्मशान्तिका लागि नेवार समुदायले हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि सात दिनसम्म मनाइने परम्परागत गाईजात्रा पर्व बिहीबारबाट सुरु भएको छ । गाइजात्राका दिन बिहानैदेखि गाई तथा कुमारी कन्यालाई गाईका रुपमा सिंगारेर टोलटोलमा घुमाउने गरिन्छ । एक वर्षभरि बन्द...

गोलमेच सम्मेलनको सहमति भंग

२०७० भदौ ६ गते २:२६

काठमाण्डु, ८ भदौ– उच्चस्तरिय राजनीतिक समिति र नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबीच गोलमेच सम्मेलन गर्न दुई दिन अघि भएको सहमति भंग भएको छ । विगतको सहमति भंग हुनुको दोष दुवैपक्षले एकअर्कालाई लगाएका छन् ।...

तेस्रो खेलमा पराजयसागै नेपाल बाहिरियो

२०७० भदौ ५ गते १४:५७

काठमाण्डु, ५ भदौ । सिंगापुरमा जारी एसीसी इमर्जिङ टिम्स् कपमा लगातार तेस्रो खेलमा पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । सिंगापुरको पदाङमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानको २३ वर्ष मुनिको राष्ट्रिय टिमबाट ९ विकेटको फराकिलो अन्तरले पराजित भएपछि नेपाल समूह चरणबाटै घर...

विदामा अख्तियार प्रमुख कार्यालयमा

२०७० भदौ ५ गते १३:३४

काठमाण्डु ५ भदौ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की बुधवार जनैपूर्णिमाको विदामा दिनभर कार्यालयमा काम गरेका छन । बार्षिक प्रतिवेदन राष्ट्रपति डा रामवरण यादवलाई बुझाउने समय नजिकिएकोले प्रमुख आयुक्त सहित आयोगका अधिकारी विदाको दिनमा दिनभर कार्यालयमा काम गरेका हुन । अख्तियारले मंगलवार नेपाल...

पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण गर्ने चाहना

२०७० भदौ ५ गते १३:३३

काठमाण्डु ५ भदौ–पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन । दुई पटक नेपाल भ्रमण गरीसकेका प्रधानमन्त्री सरिफले अर्थमन्त्री शंकरप्रसाद कोइराला सहितको प्रतिनिधिमण्डल संगको इश्लामावादमा बुधवार भएको भेटमा त्यस्तो चाहना व्यक्त गरेका हुन । प्रधानमन्त्री सरिफले उच्च स्तरका भ्रमणले दुई पक्षीय...

४ मंसिरमा चुनाव नभए दुर्घटनाः कोइराला

२०७० भदौ ५ गते १२:५७

काठमाण्डु, ५ भदौ– काँग्रेस सभापति सुशील कोइरालाले मंसिर ४ मा संविधानसभा निर्वाचन नभए मुलुकमा दुर्घटना निम्तिने बताएका छन् । महाराजगञ्जस्थित आफ्नै निवासमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कसैले सर्त राख्दैमा निर्वाचन नसर्ने बताए । ‘कार्यतालिका सहित सबै कुरा तय भइसकेपछि मिति सार्न कठिन मात्रै...

सिरियाली सेनाबाट रासायनिक हतियार प्रयोग

२०७० भदौ ५ गते १२:३९

काठमाण्डु, ५ भदौ । सिरियामा सरकारी सेनाले विद्रोहीविरुद्ध रासायनिक हतियार प्रयोग गरेको छ । सेनाले पछिल्लोपटक गरेको आक्रमणमा दुई सयभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । तर सिरियाली सरकारले भने त्यसप्रति असहमति जनाएको छ । अमेरिका र बेलायतले सिरियाले विद्रोहीलाई दबाउनका लागि रासायनिक...

पत्रकार आक्रमण गर्नेलाई बहिस्कार गर्न आब्हान

२०७० भदौ ५ गते ९:५०

बेल्जियम ५ भदौ–क्रान्तिकारी पत्रकार संघले पत्रकार सन्तोष न्यौपाने माथि आक्रमण गर्नेलाई बहिस्कार गर्न प्रवासी नेपालीलाई आब्हान गरेको छ । न्यौपानेलाई बेल्जियमको ब्रुजमा सोमवार समाचार संकलन गर्ने क्रममा साँघातिक आक्रमण भएको थियो । संघको यूरोप शाखाका संयोजक दधिराज घिमिरेले बुधवार जारी गरेको प्रेस बिज्ञप्तिमा पत्रकार...

भत्किएको माधव–ओली गठबन्धन

२०७० भदौ ५ गते २:४३

काठमाण्डु  ५ भदौ -नेकपा एमालेमा बरिष्ठ नेता माधवकुमार नेपाल र प्रभावशाली नेता केपी शर्मा ओली वीचको गठबन्धन भत्किएको छ । अध्यक्ष झलनाथ खनालसँगको गठबन्धनलाई माधवले कसिलो बनाउदै लगेका छन । पार्टी भित्रको शक्तिसन्तुलन बिश्लेषण गरी आगामी नवौ महाधिवेशनबाट आफू पार्टीको कार्यकारी अध्यक्ष बन्नका लागि माधवले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us