४ मंसिरमा चुनाव नभए दुर्घटनाः कोइराला

काठमाण्डु टुडे २०७० भदौ ५ गते १२:५७ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– काँग्रेस सभापति सुशील कोइरालाले मंसिर ४ मा संविधानसभा निर्वाचन नभए मुलुकमा दुर्घटना निम्तिने बताएका छन् ।
sushilमहाराजगञ्जस्थित आफ्नै निवासमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कसैले सर्त राख्दैमा निर्वाचन नसर्ने बताए । ‘कार्यतालिका सहित सबै कुरा तय भइसकेपछि मिति सार्न कठिन मात्रै होइन, देशलाई पनि राम्रो गर्दैन’, कोइरालाले भने, ‘निर्वाचन नचाहने तत्वले मौका खोजिरहेका बेला निर्वाचन मिति सार्नु अर्को दुर्घटना निम्त्याउनु हो ।’ उनले सबैको सहमतिमा तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने दाबी गरे ।

उनले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित निर्वाचन प्रक्रियामा असहमत सबै दल सहमतिमा आउने विश्वास व्यक्त गरे । उनले बिहीबार वैद्यलाई भेटेर निर्वाचनमा आउन आग्रह गर्ने जानकारी दिए । विघटित संविधानसभाले गरेका कामको स्वामित्व ग्रहण गर्ने सहमति दलहरुबीच भइसकेकाले वैद्य माओवादीको मागअनुसार अहिले नै संविधानका अन्र्तवस्तुमा पूर्ण सहमति खोज्नु उचित नहुने स्पष्ट गरे ।
अर्को एक फरक प्रसंगमा उनले संविधानसभा निर्वाचनमा काँग्रेसले कसैसँग मोर्चाबन्दी नगर्ने बरु बामपन्थी शक्तिसँग केही सिटमा चुनावी तालमेल भने हुनसक्ने औंल्याए । उनको संकेत एमालेतिर थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us