शेखर कोइराला र गगन थापाप्रति ओलीको कटाक्ष, आँगनमा घर झगडा गरेर छिमेकीलाई डिस्टर्ब नगर्न चेतावनी

काठमाण्डु टुडे २०८२ जेठ १७ गते १०:०५ मा प्रकाशित

काठमाण्डू, १७ भदौ– प्रधानमन्त्री केपी ‌ओलीले सत्तासझेदार काँग्रेस नेताहरुप्रति कटाक्ष गरेका छन् ।

शनिबार बिहान राजीनामा आयोजित एक कार्यक्रममा ओलीले सार्वजनिक रुपमा आपसमा भिडन्त नगर्न सुझाए ।

घर झगडालाई सार्वजनिक बहसको विषय बनाएकामा उनले काँग्रेस नेताहरुप्रति आपत्ति जनाए । घरभित्रको झगडा भित्रै मिलाउन पनि उनले सुझाए । ओलीले काँग्रेसभित्रैबाट गृहमन्त्री रमेश लेखकको राजीनामा माग भएको विषयमा असन्तुष्टि जनाए ।

‘मेरो या अर्को पार्टीको घर झगडा घरभित्रै मिलाउनुपर्छ’, ओलीले भने, ‘पार्टीभित्रको व्यक्तिगत आकांक्षा र ध्रुवीकरणले निम्त्याएको समस्याको समाधान भित्रै गर्ने हो । आँगनमा निस्किएर तमासा देखाएर वल्लो छिमेकी, पल्लो छिमेकी सबैको काममा डिस्टर्ब नगर्नुस् ।’

उनले झगडा मिलाउने क्रममा कुटाकुट भने नगर्न भने । कुटाकुट गर्दा छिमेकीले छुट्याउन आउनुपर्ने बताए । ओलीले आधारहीन आरोप लगाएर विपक्षीले राजीनामा मागिरहेका बेला काँग्रेसका कतिपय नेताहरु समेत त्यसैमा लागेको भन्दै कटाक्ष गरे ।

काँग्रेस महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले भिजिट भिसामा दैनिक ५० लाख उठाएर युवाहरुलाई विदेश पठाउने गरिएको प्रकरणसँग जोडेर गृहमन्त्री लेखकको राजीनामा माग्दै आएका छन् ।

केही समयअघि महामन्त्री थापाले प्रधानमन्त्रीको बेड रुमसम्मै बिचौलियाको प्रवेश हुने गरेको अभिव्यक्ति दिएका थिए । कोइरालाले भने दुई तिहाईको सरकारले भ्रष्टाचार रोक्न नसकेको र जनतामा आशा जगाउने काम नगरेको भन्दै ओलीको आलोचना गर्ने गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us