कोशी , बागमती र मधेसमा मेघ गर्जन र चट्याङसहित वर्षा

काठमाण्डु टुडे २०८२ जेठ १७ गते ९:१३ मा प्रकाशित

काठमाण्डू, १७ भदौ– आज कोशी, बागमती र मधेश प्रदेशसहित पहाडी भागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले कोशीका एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान गरिएको जनाएको छ ।

गएराति कोशीका झापा, मोरङ, सुनसरीलगायत जिल्लाका केही ठाउँमा भारी वर्षा भएको छ ।

यसपटक बिहीबारबाट दुई सातअघि नै मनसुन नेपाल भित्रिइसकेको छ ।

कोशीका अधिकांश स्थानमा देखिएको मनसुनी प्रभाव क्रमशः अरु प्रदेशमा पनि सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ ।

आज पश्चिम क्षेत्र र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । काठमाण्डू उपत्यकासहित आसपास क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us