रमेश लेखकद्वारा आफूमाथिको अनुसन्धान प्रभावित गर्न अख्तियारका डिआईजी सरुवा, राईको आपत्तिपछि पछि हटे

काठमाण्डु टुडे २०८२ जेठ १७ गते ९:४५ मा प्रकाशित

काठमाण्डू, १७ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई र अरु अधिकारीले आपत्ति जनाएपछि गृहमन्त्री रमेश लेखक अख्तियारका डिआईपी सरुवाको निर्णयबाट पछि हटेका छन् ।

नेपाली युवालाई भिजिट भिसामा विभिन्न देशमा पठाउने आवरणमा दैनिक ५० लाख रुपैयाँ ‘सेन्ट्रल कलेक्सन’ गरेर राजनीतिक नेतृत्वसम्म बाँड्ने गरिएको प्रकरण बाहिरिएपछि मन्त्री लेखकमाथि नैतिकताको प्रश्न उठेको छ ।

लेखकको राजीनामा मागेर विपक्षीले संसद् अवरुद्ध गर्दै आएका छन् भने महामन्त्री गगन थापा, नेता शेखर कोइरालालगायत नेताले लेखकको राजीनामा मागेका छन् ।

अख्तियारको छानबिनको सुई आफूमाथि सोझिएपछि अनुसन्धान प्रभावित गर्ने नियतले लेखकले मन्त्री स्तरीय निर्णयबाट त्यहाँ कार्यरत डिआईजी हिमालय श्रेष्ठलाई १३ जेठमा सरुवा गर्ने निर्णय गरेका थिए ।

श्रेष्ठको उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको थियो । अख्तियारमा अर्का डिआईजी ओमबहादुर रानालाई पठाइएको थियो ।

तर, त्यसो गर्नुअघि अख्तियारका प्रमुख राईसँग परामर्श गरिएको थिएन ।

अख्तियारका प्रहरी र निजामतीका उच्च कर्मचारीको सरुवा गर्दा प्रमुखसँग राय लिने प्रचलनविरीत लेखकले एकलौटी निर्णय गरेको भन्दै अख्तियारले आपत्ति जनाएको हो ।

राईले आफैं मुछिएको घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी प्रमुखको सरुवा रद्ध गर्न मन्त्री लेखकलाई दबाब दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us