लेउती खोलाको बाढीले कोशी लोकमार्ग अवरुद्ध

काठमाण्डु टुडे २०८२ जेठ १७ गते ९:२४ मा प्रकाशित

धनकुटा, १७ भदौ– धनकुटाको साँघुरीगढी गाउँपालिका–६ स्थित फेदीमा लेउती खोलाले सडक बगाउँदा कोशी राजमार्ग अवरुद्ध भएको छ ।

शुक्रबार रातिको भारी वर्षापछि लेउती खोलामा आएको बाढीले करिब ३० मिटर सडक भत्काएको धनकुटा प्रहरीले जनाएको छ ।

धनकुटा प्रहरी प्रमुख एसपी शरदकुमार थापा क्षेत्रीले लेउती खोलामा आएको बाढीले २५ देखि ३० मिटरसम्म सडक बगाएको बताए ।

थापाका अनुसार चौबीसे गाउँपालिका–४ मा छहरे खोलामा आएको बाढीले तमोर करिडोर अवरुद्ध भएको छ । उता साँघुरीगढी गाउँपालिकाकै नमस्ते झरना नजिकै पनि
बाढीले सडक अवरुद्ध गरेको छ ।

यो वर्षको मनसुन प्रवेश गरेको पहिलो दिन नै कोशी प्रदेशमा २ सय मिलिलिटर भन्दा बढी वर्षा भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us