भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागिनु अनुचित क्रियाकलापः ओली

काठमाण्डु टुडे २०८२ जेठ १७ गते १०:१९ मा प्रकाशित

काठमाण्डू, १७ भदौ– प्रधानमन्त्री केपी ‌ओलीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको बचाउ गरेका छन् ।

राजधानीमा शनिबार बिहान आयोजित एक कार्यक्रममा ओलीले कुनै पनि हालतमा गृहमन्त्रीले राजीनामा नदिने बताए ।

त्रिभुवन विमानस्थल अध्यागमनबाट दैनिक ५० लाख लिएर युवाहरुलाई विदेश पठाउने प्रकरणमा मन्त्री लेखक संलग्न नरहेको जिकिर ओलीको थियो ।

विपक्षी दलहरु र काँग्रेसकै केही नेताले लेखकमाथि लगाएको मानव तस्करीको आरोप निराधार पूर्वाग्रहपूर्ण र अनुचित रहेको टिप्पणी उनको छ ।

विपक्षीहरुले राजनीतिक उपस्थिति देखाउनै कुनै ठाउँ नपाएर गृहमन्त्रीको राजीनामाको एजेण्डा उछालेको दाबी पनि ओलीले गरे । गृहमन्त्रीमाथि अख्तियारले कुनै आरोप, छानबिन वा मुद्धा दायर नगरेकाले राजीनामा दिनुनपर्ने तर्क ओलीको छ ।

‘गृहमन्त्रीको राजीनमा मागिनु पूर्वाग्रहपूर्ण, निराधार र अनुचित क्रियाकलाप हो । यस्तो अनुचित क्रियाकलापलाई साथ दिन सकिँदैन । गृहमन्त्रीले राजीनामा गर्नु पर्दैन र गनुहुन्न’, ओलीले भने । अख्तियारले कर्मचारीलाई बोलाएर सोधपुछ गर्दैमा मन्त्रीले राजीनामा दिनुनपर्ने जिकिर पनि उनले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us