पत्रकार आक्रमण गर्नेलाई बहिस्कार गर्न आब्हान

काठमाण्डु टुडे २०७० भदौ ५ गते ९:५० मा प्रकाशित

बेल्जियम ५ भदौ–क्रान्तिकारी पत्रकार संघले पत्रकार सन्तोष न्यौपाने माथि आक्रमण गर्नेलाई बहिस्कार गर्न प्रवासी नेपालीलाई आब्हान गरेको छ । न्यौपानेलाई बेल्जियमको ब्रुजमा सोमवार समाचार संकलन गर्ने क्रममा साँघातिक आक्रमण भएको थियो ।

संघको यूरोप शाखाका संयोजक दधिराज घिमिरेले बुधवार जारी गरेको प्रेस बिज्ञप्तिमा पत्रकार न्यौपाने माथिको आक्रमणलाई गम्भीर रुपमा लिदै त्यस्तो धारणा व्यक्त गरेका हुन । ‘पत्रकारलाई समाचार लेखेको आधार बनाएर आक्रमण गर्ने,धम्की दिने जस्ता कार्यले केहि व्यक्ति यूरोप जस्तो देशमा पनि सामन्ती निरंकुश संस्कारको रोगबाट मुक्त हुन नसकेको देखिन्छ’बिज्ञप्तिमा भनिएको छ‘यस्ता व्यक्तिहरुलाई प्रवासको नेपाली समाजले बहिस्कार गर्न समेत हामी आब्हान गर्दछौ । पत्रकारले कुनै बिषयमा मानहानी हुने गरी लेखेमा कानुनी तरीकाले हल खोज्नु पर्नेमा नेपाली समाजको व्यइजत हुने गरी सार्वजनिक ठाउँमा आपत्तिजनक शब्द प्रयोग गरी आक्रमण गर्ने जस्तो कार्यले सम्पूर्ण नेपालीहरुको अपमान हो ।’

बिज्ञप्तिमा पत्रकार माथि हुने आक्रमणलाई सम्बन्धित मुलुकको कानुन अनुसार कार्वाही अघि बढाउने बिषयमा संघले पूर्ण सहयोग गर्ने बिश्वास पनि दिलाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us