सिरियाली सेनाबाट रासायनिक हतियार प्रयोग

काठमाण्डु टुडे २०७० भदौ ५ गते १२:३९ मा प्रकाशित

काठमाण्डु, ५ भदौ । सिरियामा सरकारी सेनाले विद्रोहीविरुद्ध रासायनिक हतियार प्रयोग गरेको छ । सेनाले पछिल्लोपटक गरेको आक्रमणमा दुई सयभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ ।

siriyaतर सिरियाली सरकारले भने त्यसप्रति असहमति जनाएको छ । अमेरिका र बेलायतले सिरियाले विद्रोहीलाई दबाउनका लागि रासायनिक र घातक हतियारको प्रयोग गरेको र त्यसको अनुसन्धान गरिनुपर्ने बताउँदै आएका छन् । राजधानी दमासकस नजिकै सेनाले मंगलबार राति गरेको आक्रमणमा ठूलो संख्यामा मानिसहरु घाइते भएका छन् । आक्रमणमा भएको क्षतिको यकिन विवरण भने सार्वजनिक भएको छैन । दमासकसको पूर्वी र पश्चिम गोउटा इलाकामा सेनाले आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिरियामा सन् २०११ को मार्चदेखि राष्ट्रपति असादको राजीनामा मागेर आन्दोलन सुरु भएको हो ।

संयुक्त राष्ट्रसंघले रिसियामा महिनामा कम्तिमा पाँच सयको हाराहारीमा सर्वसाधारणको हत्या हुने गरेको तथ्यांक हालै सार्वजनिक गरेको छ । त्यसयता १६ लाख मानिस देश छाडेर छिमेकी मुलुकहरु लेवनान, जोर्डन र टर्कीलगायतका मुलुक गएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us