
विराटनगर, २२ असार– प्रहरीले मोरङमा लागुऔषध कारोबारीलाई लक्षित गरी दुई राउण्ड गोली चलाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले रंगेलीमा लागुऔषध कारोबार गरिरहेकाहरुमाथि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको हो ।
घटनास्थलबाट तीन लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको ब्युरोका प्रवक्ता एसपी जनकबहादुर शाहीले बताए ।
शाहीका अनुसार पक्राउ पर्नेमा रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, ३८ वर्षीय सुशील बुढाथोकी र ४५ वर्षीया भारतीय नागरिक हसिना खातुन छन् ।
प्रहरीले उनीहरुको साथबाट ४ सय २५ ग्राम खैरो हेरोइनसमेत बरामद गरेको छ ।