काठमाण्डु, १३ भदौ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वर्ण महोत्सव विहीबारबाट सुरु भएको छ । प्रभातफेरीबाट सुरु भएको स्वर्ण महोत्सवको उदघाटन युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले गरेका थिए । सो अवसरमा मन्त्री श्रेष्ठले खेलकुद क्षेत्रको अझ विकास गर्नकालागि नेपाल ओलम्पिक कमिटीको विवाद समाधान गर्नुपर्नेमा...
काठमाण्डु, १३ भदौ– बार्सिलोनाले ११ औं पटक स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । एथ्लेटिको मड्रिडसँग बुधबार रातिको दोस्रो लेगमा गोलरहित बराबरी खेलेपछि बार्सिलोनाले ‘अवे’ गोलका आधारमा उपाधि जितेको हो । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोना हावी भए पनि गोल गर्न...
काठमाण्डु, १२ भदौ । शनिबारदेखि काठमाडौंमा सुरु हुने साफ च्याम्पियनसीपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सागर थापाको कप्तानीमा राष्ट्रिय टिम घोषणा गरेको छ । एन्फाले बुधबार गल्फ भ्रमणमा गएका २५ सदस्यीय टिमलाई घटाएर २० सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको हो । राष्ट्रिय...
काठमाण्डु, ११ भदौ– तेश्रो एस अन्तर ‘ए’ लेभल कलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा साविक विजेता रुपिज इन्टरनेसनल र गल्र्समा रातो बंगलाले उपाधि जितेका छन् । नख्खुस्थित बुल्स क्लबमा भएको ब्वाइजको फाइनलमा रुपिजले आयोजक एस इन्स्टिच्युट अफ म्यानेजमेन्टलाई ५४–४२ ले पाराजित गरी उपाधि रक्षा ग¥यो ।...
काठमाण्डु, ११ भदौ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्थापना भएको ५० वर्ष पूरा भएको उपलक्ष्यमा स्वर्ण वार्षिकोत्सव विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । साताव्यापी कार्यक्रमका लागि कर्मचारी संघले संघकै वरिष्ठ उपाध्यक्ष गंगाराम महर्जनको संयोजकत्वमा २९ सदस्यीय ‘स्वर्ण वार्षिकोत्सव’ आयोजक समिति गठन गरेको छ...
काठमाण्डु, १० भदौ– सत्चालिऔँ एसियाली शारीरिक सुगठन (बडी विल्डिङ) प्रतियोगितामा भाग लिन ३ नेपाली राष्ट्रिय खेलाडी सोमबार भियतनामको होचिमिन्ह प्रस्थान गरेका छन् । रामबहादुर दाहाल, सञ्जीवकुमार श्रेष्ठ र रामेश्वर महर्जन भियतनाम गएका हुन् । यही भदौ ११ देखि १७ गतेसम्म हुने प्रतियोगितामा दाहालले ६०...
काठमाण्डु, ९ भदौ । ईमर्जिङ टिम्स कप क्रिकेटको उपाधी भारतले जितेको छ । सिंगापुरमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ९ विकेटले हराउँदै भारतले उपाधी जितेको हो । कलाङ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४७ ओभरमा अलआउट हुँदै १ सय ५९ रन बनाएको...
काठमाण्डु, ८ भदौ– दक्षिण कोरियाको छेजुमा हुने विश्व हाङमादाङ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दैछ । अगष्ट २८ देखि ३० तारिखसम्म हुने उक्त च्याम्पियनसिपमा ५ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कोरिया जान लागेका खेलाडीमा आठौं दक्षिण एसियाली महासंघीय खेलकुदका स्वर्णधारी...
काठमाण्डु, ८ भदौ– नेपालमा पनि भेट्रान फुटबल म्याच हुने भएको छ । साउद स्पोर्टस क्लबले भदौ १५ गते काठमाडौंको कीर्तिपुरस्थित ल्याबरोटरी उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा भेट्रान फुटबल आयोजना गर्ने भएको हो । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी साउद स्पोर्टस क्लबका अध्यक्ष राजेन्द्र साउदले नेपालमा...
काठमाण्डु, ८ भदौ–साफ च्याम्पियनसीप फुटबलको तयारीका क्रममा कुबेतमा रहेको नेपाली टोलीले शनिबार अन्तिम अभ्यास खेल खेल्दैछ । नेपाली समय अनुसार राती सवा दश बजे कुबेतको फाहिल स्पोर्ट्स क्लबसँग खेल हुने छ । यसअघि कुवेतमा नेपाली टोलिले दुई अभ्यास खेल जितिसकेको छ । पहिलो खेलमा कुवेतको...
काठमाण्डु, ८ भदौ– जिम्बाब्बे विरुद्धको पहिलो ट्वान्टि ट्वान्टि क्रिकेटमा पाकिस्तान २५ रनले विजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारीत २० ओभरमा पाँच विकेट गुमाउदै १ सय ६१ रन जोडेको थियो । पाकिस्तानका लागि एहमद सहेजादले सर्बाधिक ७० रन योगदान गरे...
काठमाण्डु, ५ भदौ । सिंगापुरमा जारी एसीसी इमर्जिङ टिम्स् कपमा लगातार तेस्रो खेलमा पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । सिंगापुरको पदाङमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानको २३ वर्ष मुनिको राष्ट्रिय टिमबाट ९ विकेटको फराकिलो अन्तरले पराजित भएपछि नेपाल समूह चरणबाटै घर...