
काठमाण्डु, ९ भदौ । ईमर्जिङ टिम्स कप क्रिकेटको उपाधी भारतले जितेको छ । सिंगापुरमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ९ विकेटले हराउँदै भारतले उपाधी जितेको हो ।
कलाङ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४७ ओभरमा अलआउट हुँदै १ सय ५९ रन बनाएको थियो । १ सय ६० रनको विजय लक्ष्य भारतले मात्र १ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा लोकेश राहुलले सर्बाधिक ९३ र मनप्रीत जुनेजाले ५३ रनको योगदान गरे । भारतका उन्मुक्त चन्द १५ रन बनाएर आउट भए । पाकिस्तानका राजा हसनले चन्दलाई आउट गरेका थिए ।
पाकिस्तानकालागि उमर वाजिदले ४१ र अस्मन कादिरले ३१ रन बनाउनु बाहेक अरु ब्याट्सम्यान जम्न सकेनन् । भारतका बाबा अपराजिताले सर्बाधिक ३, सूर्यकुमार यादव र सन्दिप शर्माले २–२ विकेटले लिएका थिए ।