स्पेनिस सुपर कपको उपाधि बार्सिलोनालाई

काठमाण्डु टुडे २०७० भदौ १३ गते ५:२५ मा प्रकाशित

Spanish-Super-Cupकाठमाण्डु, १३ भदौ– बार्सिलोनाले ११ औं पटक स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । एथ्लेटिको मड्रिडसँग बुधबार रातिको दोस्रो लेगमा गोलरहित बराबरी खेलेपछि बार्सिलोनाले ‘अवे’ गोलका आधारमा उपाधि जितेको हो ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोना हावी भए पनि गोल गर्न भने चुकेको थियो । खेलको अन्त्यतिर लुईस र तुरनले रातोकार्ड खाँदै बाहिरिएपछि एथ्लेटिको मड्रिड ९ खेलाडीमा सिमित भएको थियो । ८९ औं मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टीमा लिओनल मेसीको प्रहार खेर गएको थियो ।

यी दुई टोलीबीच यसअघि भएको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो । जारी सिजनबाट प्रशिक्षक बनेका जेरार्डो टाटा मार्टिनोले बार्सिलोनालाई उपाधी जिताएपछि उनको यात्रा पनि सुखद भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us