साफ च्याम्पियनसीपका लागि नेपाली राष्ट्रिय टिम घोषणा

काठमाण्डु टुडे २०७० भदौ १२ गते १५:०९ मा प्रकाशित

काठमाण्डु, १२ भदौ । शनिबारदेखि काठमाडौंमा सुरु हुने साफ च्याम्पियनसीपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सागर थापाको कप्तानीमा राष्ट्रिय टिम घोषणा गरेको छ ।
footbal-1एन्फाले बुधबार गल्फ भ्रमणमा गएका २५ सदस्यीय टिमलाई घटाएर २० सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको हो । राष्ट्रिय टिममा युवा फरवार्ड विमल घर्तीमगरले पहिलोपटक स्थान पाएका छन् । यस्तै अनन्त तामाङ, विजय धिमाल, टेकबहादुर बुढाथोकी, विजय गुरुङ र निराजन खड्का हटाइएका छन् । यसअघि १५ वर्षीय विमलले अघिल्लो वर्ष पाकिस्तानविरुद्धको मैत्रीपूर्ण म्याचमा नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका छन् । यसस“गै शनिबारदेखि काठमाडौं सुरु हुने आठौं संस्करणको साफ च्याम्पियसीपमा विमल सबैभन्दा कन्छा खेलाडीसमेत बन्न सफल भएका छन् । अघिल्लो महिना काठमाडौमा सम्पन्न १६ वर्ष मुनिको साफ च्याम्पिनसीपमा विमलले नेपाललाई फाइनलसम्म पु¥याउन ७ गोल गरेका थिए ।

नेपाली टिमको गोलकिपरमा किरण चेमजोङ, रितेश थापा र विशाल श्रेष्ठ छन् । नेपाली टिममा ६ जना रक्षकले अन्तिम टिममा स्थान पाएका छन् । कप्तान सागरस“गै विराज महर्जन, रविन श्रेष्ठ, सविन्द्र श्रेष्ठ, रोहित चन्द र सन्दीप राईले नेपाली टिमको रक्षपङक्ति सम्हाल्नेछन् । यस्तै मध्यपङ्क्तिको जिम्मेवारी जगजित श्रेष्ठ, राजु तामाङ, विक्रम लामा, टंक बस्नेत, भोला सिलवाल र प्रकाश बुढाथोकीले पाएका छन् । यता अग्रपङ्क्तिमा अग्रपङ्क्तिमा युवा स्ट्राइकर विमलस“गै अनिल गुरुङ, जुमानु राई भरत खवास र सन्तोष साहुखल छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us