रुपिज र रातो बंगलालाई उपाधि

काठमाण्डु टुडे २०७० भदौ ११ गते १३:३६ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– तेश्रो एस अन्तर ‘ए’ लेभल कलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा साविक विजेता रुपिज इन्टरनेसनल र गल्र्समा रातो बंगलाले उपाधि जितेका छन् ।
basketball-1नख्खुस्थित बुल्स क्लबमा भएको ब्वाइजको फाइनलमा रुपिजले आयोजक एस इन्स्टिच्युट अफ म्यानेजमेन्टलाई ५४–४२ ले पाराजित गरी उपाधि रक्षा ग¥यो । विजेताका प्रलव वैद्यले १८ अंक योगदान गरे । पहिलो क्वाटरमा १४–१२ को अग्रता लिएको रुपिज दोश्रोमा १०–१३ ले पछि प¥यो ।
रुपिजले तेश्रोमा १३–२ स्कोर गर्दै जितको आधार खडा गरेको थियो । चौथोमा १७–१५ को प्रदर्शन गर्दै रुपिजले उपाधि निश्चित ग¥यो । गल्र्सको उपाधि भिडन्तमा रातो बंगलाले रुपिजलाई १८–१५ ले पाखा लगाउदै रुपिजलाई दोहोरो उपाधि जित्नबाट रोक्यो । रातो बंगलाकी प्रेक्षा राणाले ७ स्कोर गरिन् । रातो बंगलाले उपाधि जितेको यो दोश्रोपल्ट हो । पहिलो संस्करणमा पनि रातो बंगला विजेता बनेको थियो ।
ब्वाइजमा रुपिजका प्रलव वैद्य र गल्र्समा रातो बंगलाकी प्रेक्षा राणा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा एसका कर्मा टासी (के वान) र गल्र्समा रुपिजकी तेन्जिङ छोडेन सर्वाधिक स्कोरकर्ताको सूचीमा अग्रस्थानमा रहे । प्रतियोगिताभर कर्माले १ सय र तेन्जिङले ३८ स्कोर गरेका थिए ।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पा, ललितपुर जिल्ला बास्केटबल संघका अध्यक्ष राजेशध्वज कार्की, ब्रिटिस काउन्सिलका प्रतिनिधलगायतले पुरस्कार प्रदान गरेका थिए । ब्रिटिस काउन्सिलको मुख्य प्रायोजनमा भएको छदिने प्रतियोगिताको ब्वाइजमा १३ र गल्र्समा ५ टिमले प्रतिस्पर्धा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us