नेपाली तेक्वान्दो टोली कोरिया जाँदै

काठमाण्डु टुडे २०७० भदौ ८ गते १३:२३ मा प्रकाशित

काठमाण्डु, ८ भदौ– दक्षिण कोरियाको छेजुमा हुने विश्व हाङमादाङ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दैछ । अगष्ट २८ देखि ३० तारिखसम्म हुने उक्त च्याम्पियनसिपमा ५ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

tekendowकोरिया जान लागेका खेलाडीमा आठौं दक्षिण एसियाली महासंघीय खेलकुदका स्वर्णधारी कोसिश खड्का, प्रकाशमान राजवंशी, सुरेशकुमार जैसवाल, परागदास गोर्खाली र पुष्प थापा मगर रहेका छन् । उनीहरुले पुम्से र ब्रेकिङमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।
सातौं सीके–वान मलेसिया क्लासिक अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा टिम प्रशिक्षकको भूमिका निर्वाह गरिहेकाले पराग मलेसियामा रहेकाले त्यत्तैबाट कोरिया जानेछन् । पुष्प तालिमको सिलसिलामा कोरियामै रहेको नेपाल तेक्वान्दो संघले जनाएको छ ।

तीन खेलाडीलाई तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले त्रिपुरेश्वरस्थित राष्ट्रिय तेक्वान्दो प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रममा शनिबार बिदाइ गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us