काठमाण्डु, २० भदौ–काठमाडौंमा जारी आठौं साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेशका लागि नेपालले विहीबार भारतको सामना गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह साढे ३ बजेबाट शुरु हुनेछ । सेमिफाइनल प्रवेशका लागि नेपालले बराबरी खेले मात्रै पर्याप्त हुन्छ । त्यसैगरी आजै हुने खेलमा बंगलादेश र पाकिस्तानले बराबरी...
काठमाण्डु, १९ भदौ – अफगानिस्तान र मालदिभ्स काठमाडौंमा जारी आठौं साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रबेश गरेका छन् । अफगानिस्तानले श्रीलंकालाई ३–१ ले तथा मालदिभ्सले भुटानलाई ८–२ ले हराउँदै समूह ‘बी’बाट सेमिफाइनलमा पुगेका हुन् । सशस्त्र प्रहरी बलको हलचोक मैदानमा बुधबार भएको खेलमा अफगानिस्तानले श्रीलंकालाई...
काठमाण्डु, १९ भदौ– शीर्ष बरियताकी सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा पुगेकी छन् । महिला एकलतर्फ मंगलबार राती सम्पन्न खेलमा स्पेनकी काला स्वारेजलाई ६–० र ६–० को सोझो सेटमा हराउँदै सेरेना सेमिफाइनलमा पुगेकी हुन् । अर्को क्वाटर फाइनलमा रुसी खेलाडी तारिना माकारोभालाई ६–४, ६–७...
काठमाण्डु, १९ भदौ– ४८ औं बालदिवसका अवसरमा बिहीबारदेखि काठमाडौंको मध्यबानेश्वरमा दोस्रो भ्याली भ्यू अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता हुने भएको छ । भ्याली भ्यू इङ्लिस स्कूलको आयोजनामा ‘हामी सँगै खेल्छौं, हामी सँगै सिक्छौं’ भन्ने नाराका साथ प्रतियोगिता हुन लागेको हो । एक सातासम्म चल्ने प्रतियोगितामा आयोजक...
काठमाण्डु, १८ भदौ–राजधानीमा जारी आठौँ साफ च्याम्पियनसीप फुटबलमा नेपाल र पाकिस्तानबीचको खेल बराबरी भएको छ । दशरथ रङ्गशालामा भएको खेलमा १४ औं मिनेटमा पाकिस्तानले अग्रता लिए पनि दोस्रो हाफको अतिरिक्त समयमा बिमल घर्तिमगरले बराबरी गोल फर्काएका हुन् । यसअघि पहिलो हाफको १४औं मिनेटमा पाकिस्तानका...
काठमाण्डु, १८ भदौ–आठौं साफ च्याम्पियनसिपअन्तर्गत नेपालले मंगलबार पाकिस्तानविरुद्ध खेल्दै छ । खेल साँझ साढे ६ बजे दशरथ रंगशालामा हुने छ । नेपालको यो दोस्रो खेल हो । नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशलाई २–० ले हराएको थियो । अब पाकिस्तानलाई पनि हराएमा नेपालको सेमिफाइनल यात्रा...
काठमाण्डु, १८ भदौ–स्पेनी राफाल नाडाल युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पुरुष एकल तर्फ मंगलबार विहान भएको चौथो चरणको खेलमा जर्मन फिलिप कोलस्क्रीबरलाई ६–७, ६–४, ६–३ र ६–१ ले हराउँदै नाडाल क्वाटर फाइनलमा पुगेका हुन् । अन्तिम ८ मा पुग्न दोस्रो बरियताका...
काठमाण्डु, १७ भदौ–काठमाण्डुमा जारी साफ च्याम्पिएनसिप फुटबल अन्तर्गत सोमबारको खेलमा माल्दिभ्स विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सले श्रीलंका विरुद्ध १०–० गोलको फराकिलो जित निकालेको हो । मालदिभ्सको जितका लागि कप्तान अल असफले दोहोरो ह्याट्रिक पूरा गरे । मालदिभ्सले निकालेको जित जारी...
काठमाण्डु, १७ भदौ-शीर्ष बरियताका नोभाक जोकोभिक र सेरेना विलियम्स युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । पुरुष एकल तर्फ सोमबार विहान सम्पन्न खेलमा सर्भियाका जोकोभिकले पोर्चुगलका जोउ सौसालाई ६–०, ६–२ र ६–२ को सेटमा पराजित गरे । त्यसैगरी पुरुषतर्फकै खेलमा तेस्रो बरियताका...
काठमाण्डु, १६ भदौ – पाकिस्तानले आत्मघाती गोलको उपहार दिएपछि डिफेन्डिङ च्याम्पियन भारतले राजधानीमा जारी आठौं साफ च्याम्पियनसीपमा विजयी सुरुआत गरेको छ । दशरथ रंगशालामा आइतबार समूह ‘ए’ अन्तर्गत भएको खेलमा भारतले पाकिस्तानलाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो । यसअघि समूह...
काठमाण्डु, १५ भदौ –नेपालले राजधानीमा सुरु आठौँ साफ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा बंगलादेशलाई २–० ले हराउँदै सुखद् सुरुआत गरेको हो । नेपालका लागि अनिल गुरुङले पहिलो हाफको १७ औँ र भरत खवासले ३१ औं मिनेटमा गोल...
काठमाण्डु, १५ भदौ – नेपालले शनिबारबाट काठमाण्डुमा शुरु हुने साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको उपाधी जित्ने लक्ष्य राखेको छ । घरेलु मैदान र दर्शकको साथ तथा राम्रो तयारी गरेकोले उपाधी जित्ने नेपालको दावी छ । उदघाटन खेलमा बंगलादेशको सामना गर्न लागेको नेपालले विजयी शुरुवात गर्ने...