नाडाल युएस ओपन टेनिसको क्वाटरफाइनलमा

काठमाण्डु टुडे २०७० भदौ १८ गते ४:१७ मा प्रकाशित

Rafael-Nadalकाठमाण्डु, १८ भदौ–स्पेनी राफाल नाडाल युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पुरुष एकल तर्फ मंगलबार विहान भएको चौथो चरणको खेलमा जर्मन फिलिप कोलस्क्रीबरलाई ६–७, ६–४, ६–३ र ६–१ ले हराउँदै नाडाल क्वाटर फाइनलमा पुगेका हुन् ।

अन्तिम ८ मा पुग्न दोस्रो बरियताका नाडाललाई झण्डै साढे ३ घण्टा संघर्ष गर्नुपरेको थियो । क्वाटरफाइनलमा अब नाडालले आफ्नै देशका टोमी रोब्रेडोसँग प्रतिस्पर्धा गर्नेछन् ।

१७ औं ग्राण्डस्लाम विजेता स्वीस रोजर फेडेरर भने प्रतियोगिताको चौथो चरणबाट बाहिरिएका छन् । मंगलबार विहान सम्पन्न खेलमा सातौं वरियताका फेडेरर १९ औं वरियताका स्पेनी रोब्रेडोसँग पराजित भएका हुन् । रोब्रेडोले फेडेररलाई ७–६, ६–३ र ६–४ को सेटमा पराजित गरे ।

महिला एकलतर्फ स्लोभाकियाकी डेनियला हान्तुचोभा र इटालीकी रोबर्तो भिन्सी क्वाटरफाइनल प्रवेश गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us