सेरेना युएस ओपन टेनिसको सेमिफाइनलमा

काठमाण्डु टुडे २०७० भदौ १९ गते ४:५० मा प्रकाशित

serena-williamsकाठमाण्डु, १९ भदौ– शीर्ष बरियताकी सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा पुगेकी छन् । महिला एकलतर्फ मंगलबार राती सम्पन्न खेलमा स्पेनकी काला स्वारेजलाई ६–० र ६–० को सोझो सेटमा हराउँदै सेरेना सेमिफाइनलमा पुगेकी हुन् ।

अर्को क्वाटर फाइनलमा रुसी खेलाडी तारिना माकारोभालाई ६–४, ६–७ र ६–२ को सेटमा हराउँदै चिनियाँ ला–नी पनि सेमिफाइनलमा प्रवेश गरेकी छन् । यसैगरी सर्वियन अन्ना इभानोभिकलाई ४–६, ६–३ र ६–३ ले हराउँदै बेलारुसकी भिक्टोरिया अजारेन्काले क्वाटर फाइनलमा स्थान बनाएकी छन् ।

पुरुष एकलतर्फ शीर्ष बरियताका सर्वियन नोभाक जोकोभिक क्वाटर फाइनलमा प्रवेश गरेका छन् । जोकोभिकले स्पेनी मार्सल ग्रोनो प्लसलाई ६–३, ६–० र ६–० ले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us