जोकोभिक र सेरेना युएस ओपन टेनिसको चौथो चरणमा

काठमाण्डु टुडे २०७० भदौ १७ गते ४:५० मा प्रकाशित

Serenaकाठमाण्डु, १७ भदौ-शीर्ष बरियताका नोभाक जोकोभिक र सेरेना विलियम्स युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । पुरुष एकल तर्फ सोमबार विहान सम्पन्न खेलमा सर्भियाका जोकोभिकले पोर्चुगलका जोउ सौसालाई ६–०, ६–२ र ६–२ को सेटमा पराजित गरे ।

त्यसैगरी पुरुषतर्फकै खेलमा तेस्रो बरियताका व्रिटीश एन्डी मर्रेले जर्मन फ्लोरियन मायरलाई ७–६, ६–२ र ६–२को सोझो सेटमा हराउँदै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तर्गत महिला एकल तर्फ अमेरिकी सेरेना विलियम्सले आफ्नै देशकी स्लोआन स्टेफेन्सलाई ६–४ र ६–१ ले हराउँदै चौथो चरणमा स्थान सुरक्षित गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us