आज नेपाल र पाकिस्तान भिड्दै

काठमाण्डु टुडे २०७० भदौ १८ गते ४:१८ मा प्रकाशित

Saff-Championship-2013काठमाण्डु, १८ भदौ–आठौं साफ च्याम्पियनसिपअन्तर्गत नेपालले मंगलबार पाकिस्तानविरुद्ध खेल्दै छ । खेल साँझ साढे ६ बजे दशरथ रंगशालामा हुने छ ।

नेपालको यो दोस्रो खेल हो । नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशलाई २–० ले हराएको थियो । अब पाकिस्तानलाई पनि हराएमा नेपालको सेमिफाइनल यात्रा सहज बन्ने छ । यसअघि भारतसँग १–० ले हारेको पाकिस्तान फेरि पनि हारेमा प्रतियोगिताबाट बाहिरिने छ ।

अंक तालिकामा ३ अंक जोडेको नेपाल समूह ‘ए’को शीर्ष स्थानमा छ । समान अंक रहेको भारत भने गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us