
काठमाण्डु, १९ भदौ– ४८ औं बालदिवसका अवसरमा बिहीबारदेखि काठमाडौंको मध्यबानेश्वरमा दोस्रो भ्याली भ्यू अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता हुने भएको छ ।
भ्याली भ्यू इङ्लिस स्कूलको आयोजनामा ‘हामी सँगै खेल्छौं, हामी सँगै सिक्छौं’ भन्ने नाराका साथ प्रतियोगिता हुन लागेको हो ।
एक सातासम्म चल्ने प्रतियोगितामा आयोजक भ्याली भ्यूसँगै काठमाडौं उपत्यकाका विभिन्न १२ स्कूल सहभागि हुने आयोजक विद्यालयका प्रिन्सिपल देवराज पनेरुले जानकारि दिए । उनका अनुसार प्रतियोगिताको विजेतालाई नगद १० हजार र उपविजेतालाई ५ हजार रुपैया सहित शिल्ड तथा प्रमाणपत्र दिईने छ । नेपालमा विद्यालय स्तरीय बास्केटबल प्रतियोगितामा नगद पुरस्कार दिन लागिएको यो पहिलो पटक हो ।