भारतविरुद्ध नेपाललाई बराबरी पर्याप्त

काठमाण्डु टुडे २०७० भदौ २० गते ४:४० मा प्रकाशित

Saff-Championship-2013काठमाण्डु, २० भदौ–काठमाडौंमा जारी आठौं साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेशका लागि नेपालले विहीबार भारतको सामना गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह साढे ३ बजेबाट शुरु हुनेछ ।

सेमिफाइनल प्रवेशका लागि नेपालले बराबरी खेले मात्रै पर्याप्त हुन्छ । त्यसैगरी आजै हुने खेलमा बंगलादेश र पाकिस्तानले बराबरी खेलेमा वा नेपाल भारतसँग हारे पनि बंगलादेशले पाकिस्तानलाई पराजित गरेमा पनि नेपाल सेमिफाइनल पुग्नेछ ।
यसअघिका खेलमा नेपाल र भारत दुवै टोलीले एक जित र एक बराबरी खेलेका थिए । नेपाल र भारतको समान ४÷४ अंक भएपनि गोल अन्तरका आधारमा नेपाल अगाडि छ ।

विहीबारै हुने अर्को खेलमा बंगलादेश र पाकिस्तान भिड्दै छन् । यी दुईबीचको खेल सशस्त्र प्रहरीको हलचोक मैदानमा दिउँसो साढे ३ बजे नै हुनेछ ।  बुधबार सम्पन्न खेलबाट अफगानिस्तान र मालदिभ्स सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us