साफ फुटबल : नेपाल र पाकिस्तानको खेल बराबरी

काठमाण्डु टुडे २०७० भदौ १८ गते १४:५३ मा प्रकाशित

Saff-Championship-2013काठमाण्डु, १८ भदौ–राजधानीमा जारी आठौँ साफ च्याम्पियनसीप फुटबलमा नेपाल र पाकिस्तानबीचको खेल बराबरी भएको छ । दशरथ रङ्गशालामा भएको खेलमा १४ औं मिनेटमा पाकिस्तानले अग्रता लिए पनि दोस्रो हाफको अतिरिक्त समयमा बिमल घर्तिमगरले बराबरी गोल फर्काएका हुन् ।

यसअघि पहिलो हाफको १४औं मिनेटमा पाकिस्तानका हसन बसिरले फ्रि किकमार्फत गोल गरेका थिए ।

यसअघि भएको समूह ए कै पहिलो खेलमा भारत र बंगलादेशले पनि एक–एक गोलको बराबरी खेलेका छन् । सशस्त्र प्रहरी बलको हलचोक मैदान भएको खेलमा बंगलादेशका आतीकुर रहमानले गोल गर्दै अग्रता दिलाए पनि भारतका सुनिल क्षेत्रिले खेलको अन्तिम मिनेटमा फ्रिकिक मार्फत बराबरी गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us