भारतबाट पाकिस्तान १–० ले पराजित

काठमाण्डु टुडे २०७० भदौ १६ गते १५:२४ मा प्रकाशित

काठमाण्डु, १६ भदौ – पाकिस्तानले आत्मघाती गोलको उपहार दिएपछि डिफेन्डिङ च्याम्पियन भारतले राजधानीमा जारी आठौं साफ च्याम्पियनसीपमा विजयी सुरुआत गरेको छ ।
khelदशरथ रंगशालामा आइतबार समूह ‘ए’ अन्तर्गत भएको खेलमा भारतले पाकिस्तानलाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो । यसअघि समूह ‘ए’ अन्तर्गत बंगलादेशलाई २–० ले पराजित गरेको नेपालले पनि ३ अंक हासिल गरेको थियो ।

पहिलो दश मिनेट दुबै टिमले खासै आक्रमण गर्न सकेनन् । १४ औं मिनेटमा पाकिस्तानले आफ्नै पोस्टमा गोल गरेपछि भारतले अग्रता लिन सफल भयो । भारतका कप्तान शुनिल क्षेत्रीको क्रसलाई रोक्ने क्रममा कमरान खानले आफ्नै पोस्टमा बल छिराएका थिए । पहिलो हाफमा भारतले गरेको दुई प्रयासमा त्यो पहिलो थियो । लगत्तै भारतका मेब्ताब हुसेनको प्रहारलाई अर्का प्रहारलाई पाकिस्तानी गोलकिपरले बचाए । २९ औं मिनेटमा मोहमद अदिलको क्रसलाई मोहमद रियाजको प्रहारले पोस्टको दिशा लिन सकेन । ३५ औं मिनेटमा अदिलको पासमा हसन बसनको शसक्त प्रहार पोलमा लागेर फर्किनु पाकिस्तानको लागि दुर्भाग्य साबित भयो ।

दोस्रो हाफ सुरु भएपछि पनि पाकिस्तानले भारतलाई दाबबमा राख्यो । तर पनि पाकिस्तान सफल हुन सकेन । ४९ औं मिनेटमा हनस बसरको क्रममा अदिको प्रहार पोस्टको केहि नजिकबाट बाहिरियो । ५३ औं हसनको अर्काे हेड पनि क्रसबारको केहि इन्चबाट बाहिरियो ।  पछिल्लो ३० मिनेट भने भारतले खेललाई नियन्त्रण लिन सफल भयो । ६५ औं मिनेटमा शुनिलको प्रहारलाई पाकिस्तानका गोलकिरले रोकेपछि भारत अग्रता दोब्बर बनाउन असफल भयो ।

३ मिनेटपछि निर्मल क्षेत्रीको क्रसमा शुनिलको अर्काे प्रहारलाई पनि पाकिस्तानका गोलकिपरले बिफल पारे । त्यसपछि पनि शुनिल चार अवसरमा सफल हुन सकेनन् । ७३ औं मिनेटमा शुनिलको प्रहार अकासिएको थियो भने ७५ औ मिनेटमा पाकिस्तानका गोलकिपर युसुफले बचाएका थिए । ७८ औं मिनेटमा ल्यानीको पासमा शुनिलले फेरि पनि बललाई गोलपोस्टको दिशा दिन चुके । २ मिनेटपछि फेरि पनि शुनिल अफसल भए । उनको शसक्त प्रहार पोस्टको केही इन्च नजिकबाट बाहिरियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us