जिम्बाब्बे विरुद्धको खेलमा पाकिस्तान विजयी

काठमाण्डु टुडे २०७० भदौ ८ गते ७:३२ मा प्रकाशित

काठमाण्डु, ८ भदौ– जिम्बाब्बे विरुद्धको पहिलो ट्वान्टि ट्वान्टि क्रिकेटमा पाकिस्तान २५ रनले विजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारीत २० ओभरमा पाँच विकेट गुमाउदै १ सय ६१ रन जोडेको थियो । पाकिस्तानका लागि एहमद सहेजादले सर्बाधिक ७० रन योगदान गरे ।

१ सय ६२ रनको लक्ष्य पछ्याएको घरेलु टोली जिम्बाब्बेले २० ओभरमा पाँच विकेट गुमाउदै १ सय ३६ रन मात्र बनाउन सक्यो । यी दुई देशबीचको दोस्रो ट्वान्टि ट्वान्टि शनिबार हुदैछ ।

यस्तै अष्ट्रेलिया विरुद्धको पाँचौ टेष्ट क्रिकेटमा ईङल्याण्डले पहिलो पारीमा ४ विकेट गुमाउदै २ सय ४७ रन जोडेको छ । ईङ्ल्याण्डका लागि जो रुटले ६८, केभिन पिटरसनले ५० र जोनाथन ट्रटले ४० रन योगदान गरे ।

अष्ट्रेलियाले पहिलो पारीमा ९ विकेट गुमाउदै ४ सय ९२ रन जोड्दै पारी समाप्तिको घोषणा गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us