
काठमाण्डु, ८ भदौ– नेपालमा पनि भेट्रान फुटबल म्याच हुने भएको छ । साउद स्पोर्टस क्लबले भदौ १५ गते काठमाडौंको कीर्तिपुरस्थित ल्याबरोटरी उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा भेट्रान फुटबल आयोजना गर्ने भएको हो ।
शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी साउद स्पोर्टस क्लबका अध्यक्ष राजेन्द्र साउदले नेपालमा नयाँ किसिमको प्रणाली विस्तार गर्ने उद्देश्यले उक्त खेल आयोजना गर्न लागिएको जानकारी दिए । ‘भेट्रान फुटबल भनेको ४० वर्षमाथिका फुटबल खेल प्रेमीहरुले खेल्ने खेल भन्न खोजिएको हो,’ अध्यक्ष साउदले भने ।
यो खेल नेपालका लागि नयाँ हुने भएकाले सम्पूर्ण खेलप्रेमी दर्शकहरुलाई उपस्थितिका लागि क्लबले निमन्त्रणा समेत गरेको छ ।