समाचार

घरै भाडामा लिएर सामूहिक यौनधन्दा चलाउने ६ युवती पक्राउ

२०७१ पुष १२ गते १६:०२

काठमाण्डु, १२ पुस– कैलालीमा घरमै सामूहिक यौनधन्दा सञ्चालन गरेको आरोपमा ६ युवती पक्राउ परेका छन् । धनगढीका होटेलहरुमा प्रहरीले छापा मारेपछि घरमै कोठी सञ्चालन गरेका उनीहरु पक्राउ परेका हुन् । धनगढीको उत्तरबेहडीस्थित बम्मर चौधरीको घरमा कोठा भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्दै आएको सूचनाका...

हिन्दू राज्यका लागि धार्मिक युद्ध लड्ने खुमबहादुरको धम्की

२०७१ पुष १२ गते १५:३९

काठमाण्डु, १२ पुस– हिन्दू राष्ट्र पुनस्र्थापना अभियानका संयोजक एवम् काँग्रेस नेता खुमबहादुर खड्काले हिन्दू राष्ट्र नभए मुलुकमा धार्मिक युद्ध गर्ने धम्की दिएका छन् । राजधानीमा शनिबार भएको एक कार्यक्रममा खड्काले नयाँ संविधानमा धर्मनिरपेक्षता राखिए धार्मिक युद्ध हुने चेतावनी दिएका हुन् । धार्मिक युद्द भए...

यतिबेलै बामदेवले किन गरे दुई पूर्वराजाको प्रशंसा ?

२०७१ पुष १२ गते १५:२५

काठमाण्डु, १२ मंसिर– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले पृथ्वीनारायण शाह र महेन्द्र राष्ट्रवादी राजा भएको बताएका छन् । ‘राष्ट्रिय एकता दिवस तथा पृथ्वी विचार अभियान’ विषयक अन्तरक्रियामा शनिबार उनले २ सय ४० वर्ष लामो राजतन्त्रको इतिहासमा पृथ्वीनारायण र महेन्द्र राष्ट्रवादी भएको बताएका हुन् ।...

८० प्रतिशत ग्यास अभावमा खोई सरकारको चासो ?

२०७१ पुष १२ गते १३:१०

काठमाण्डु, १२ पुस–दैनिक उपभोग्य बस्तुका रुपमा रहेको ग्यासको अभाव हुन थालेको छ । ग्यास लिन जाने उपभोक्ताहरुलाई व्यवसायीले ‘ग्यास छैन’ भन्दै फर्काउने गरेका छन् । यसरी ग्यास अभाव भएपछि सर्वसाधारण मर्कामा परेका छन् । समस्या समाधानकालागि ग्यास बिक्रेता महासंघले ग्यासको सहज आपूर्ति गर्न १०...

ट्रक पुलबाट खस्दा एकको मृत्यु

२०७१ पुष १२ गते १२:०८

चितवन,१२ पुस–चितवनमा भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत दाहखानीमा ना२ख ७७६४ नम्बरको ट्रक पुलबाट करिब ४० फिट तल खस्दा चालक भरतपुर निवासि ३० वर्षीय विकास थापाको मृत्यु भएको हो । दुर्घटनामा सहचालक रामेछापका १९ वर्षीय मिलन तामाङ र...

बाबुराम भन्छन्, ‘नत्र एमाओवादीको पतन कसैले रोक्न सक्दैन’

२०७१ पुष १२ गते ११:२६

काठमाण्डु, १२ पुस– एमाओवादी नेता बाबुराम भट्टराईले एकीकृत परिवर्तनको नेतृत्व गर्न नसके माओवादीको पतनलाई कसैले रोक्न नसक्ने बताएका छन् । काभ्रेमा शनिबार भएको एक कार्यक्रममा उनले समाज विकासको एउटा कालखण्डमा क्रान्तिकारी रहेको शक्ति अर्को कालखण्डमा यथास्थितिवादी हुने बताए । क्रान्तिकारी शक्ति यथास्थितिवादमा परिणत भएपछि...

चोर पक्रने जिम्मा पाएका प्रहरीले नै चोरी गरेपछि…

२०७१ पुष १२ गते १०:४७

रुपन्देही, १२ पुस–प्रहरी जनताको  सुरक्षाका लागि हुन् । कतै चोरी भएमा होस् या हत्या भएमा सबैभन्दा पहिला जानकारी प्रहरीलाई दिइन्छ । प्रहरीले पनि सकेसम्म जनतालाई न्याय दिने प्रयास गर्दछ । हाम्रो मान्यता यही रहेको छ तर के हामीले  सही सोचिरहेका रहेछौँ त ? जनताको...

अर्याल होटलमा भेटेर के कुरा गरे बाबुराम र माधव नेपालले ?

२०७१ पुष १२ गते ९:५३

काठमाण्डु, १२ मंसिर– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले एमाले नेता माधवकुमार नेपाललाई भेटेका छन् । नेपाल र भट्टराईबीच नयाँ बानेश्वरस्थित अर्याल होटलमा शनिबार अपराह्न भेटवार्ता भएको हो । दुई पूर्वप्रधानमन्त्रीबीच संविधान निर्माणलगायत मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको नेता नेपालका प्रेस सल्लाहकार विष्णु रिजालले...

सुत्केरी श्रीमतीलाई काठमाण्डुमा एक्लै छाडेर किन अर्घाखाँची पुगे धमला ?

२०७१ पुष १२ गते ९:४३

अर्घाखाँची, १२ पुस– रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला सुत्केरी श्रीमतीलाई काठमाण्डुमा एक्लै छाडेर अर्घाखाँची आएका छन् । धमला संविधान निर्माणका लागि देशव्यापी जनदबाब सृजना गर्ने भन्दै अर्घाखाँची आएका हुन् । धमलाकी श्रीमती एलिजा गौतमले गत ८ पुसमा छोरी जन्माएकी थिइन् । उनले अपांग शिक्षक...

प्रचण्डले पापडलाई पार्टी जिम्मा लाउन खोजेपछि…

२०७१ पुष १२ गते ९:२९

काठमाण्डु, १२ मंसिर– दलहरुले संविधानसभाबाट संविधान जारी गर्न आफैंले घोषणा गरेको मिति माघ ८ आउन एक महिना पनि बाँकी नरहेका बेला विभिन्न दबाब समूहले दलका शीर्ष नेतालाई भेटेर ध्यानाकर्षण गराउने क्रम बढेर गएको छ । जसमध्ये एक हो, शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल...

राउटेका सहायक मुखियाको निधन

२०७१ पुष १२ गते ९:०३

काठमाण्डु, १२ पुस–राउटेका सहायक मुखिया २५ वर्षीय ऐनबहादुर शाहीको झोलुङगे पूलबाट खसेर मृत्यु भएको छ । स्थानीय डुंगेस्वर बजारबाट मदिरा सेवनगरी मालिका गाउँ जादै गरेका शाहीको पुलबाट खसेर निधन भएको जनाइएको छ । जंगलमा फिरन्ते जीवनयापन गर्ने राउटे प्रजातिलाई विश्वकै लोपोन्मुख मानिन्छ । नेपालमा...

चार दल नमिले मुलुकमा ठूलै दुर्घटना हुन्छ: बाबुराम

२०७१ पुष १२ गते ८:५४

काभ्रे, १२ पुस– एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले प्रमुख तीन दल र मधेसी मोर्चा मिले पूर्वनिर्धारित मिति माघ ८ मै संविधान आउने दाबी गरेका छन् । क्रान्तिकारी पत्रकार संघ काभ्रेको जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै भट्टराईले दलहरु एक–अर्काप्रतिको आरोप–प्रत्यारोप छाडेर सहमति निर्माणमा गम्भीर भएर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us