यतिबेलै बामदेवले किन गरे दुई पूर्वराजाको प्रशंसा ?

काठमाण्डु टुडे २०७१ पुष १२ गते १५:२५ मा प्रकाशित

bamdevकाठमाण्डु, १२ मंसिर– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले पृथ्वीनारायण शाह र महेन्द्र राष्ट्रवादी राजा भएको बताएका छन् ।

‘राष्ट्रिय एकता दिवस तथा पृथ्वी विचार अभियान’ विषयक अन्तरक्रियामा शनिबार उनले २ सय ४० वर्ष लामो राजतन्त्रको इतिहासमा पृथ्वीनारायण र महेन्द्र राष्ट्रवादी भएको बताएका हुन् ।

गौतमले मुलुक निर्माणमा यी दुई राजाले गरेको योगदानको इतिहासले हमेसा स्मरण गरिरहने समेत दाबी गरे ।

‘आधुनिक नेपाल निर्माणका दृष्टिले पृथ्वीनारायण शाह र महेन्द्रलाई कहिल्यै बिर्सन सकिंदैन’, गौतमले भने, ‘उनीहरु दुवै राष्ट्रवादी राजा भएको मैले पाएको छु ।’

गौतमले पूर्वराजाहरुको शालिक निर्माणको योजनामा सरकार रहेको समेत बताए । राम्रा काम गर्ने राजाहरुको योगदानको सम्मान हुने भए पनि नेपालमा राजतन्त्र पुनस्र्थापना भने हुन नसक्ने प्रष्ट्ष्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us