
अर्घाखाँची, १२ पुस– रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला सुत्केरी श्रीमतीलाई काठमाण्डुमा एक्लै छाडेर अर्घाखाँची आएका छन् ।
धमला संविधान निर्माणका लागि देशव्यापी जनदबाब सृजना गर्ने भन्दै अर्घाखाँची आएका हुन् । धमलाकी श्रीमती एलिजा गौतमले गत ८ पुसमा छोरी जन्माएकी थिइन् ।
उनले अपांग शिक्षक कृष्णप्रसाद पौडेलको जीवन संघर्षमा आधारित बृत्तचित्र ‘बाह्रखरी लौरो’ को प्रथम प्रर्दशनको सुभारम्भ गरे । कार्यक्रममा पौडेलसहित वृत्तचित्र निर्देशक खतिवडा, पत्रकार वीरेन्द्र केसी, केदार कार्की र कलाकार उमेश मायालुलाई सम्मान गरेका थिए ।
धमलाले मुलुकमा राजनीतिक एजेण्डा हावी भएकोले अरु एजेण्डा ओझेलमा परेको भन्दै अब सामाजिक एजेण्डालाई अघि बढाउनु आवश्यक रहेको बताए ।
मुलुकको समृद्धि र राजनीतिक स्थायित्वका लागि छिटो संविधान आउनु पर्ने भए पनि माघ ८ गते संविधान नआई छिट्टै संविधान बनाउँछौ भन्ने राजनीतिक प्रतिबद्धता मात्रै आउने ठोकुवा गरे ।