समाचार

एनआरएनले पनि माग्यो नागरिकता

२०७१ पुष १४ गते ६:३८

काठमाण्डु, १४ पुस– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्ना सन्तानहरुका लागि पनि नेपाली नागरिकता मागेको छ । अन्तरिम संविधान र नागरिकतासम्बन्धी नेपाली ऐन लैंगिक मैत्री नभएको भन्दै एनआरएनले सभामुख र सभासद्को ध्यानाकर्षण समेत गराएको छ । ‘नेपालले अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी सम्झौता पत्रमा सहमति जनाई...

मसान भगाउँदा लुटिएको गहना भेटियो

२०७१ पुष १४ गते ६:०६

कैलाली–टुनामुना गर्दै मसान भगाउन भनि पूजा गर्ने क्रममा कैलालीको धनगढीबाट लुटिएको गहनामध्य केही गहना वीरगञ्ज पथलैया औधोगिक क्षेत्रको जितपुरबाट प्रहरीले बरामद गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल हमालकी श्रीमती शारदालाई  झुक्याएर मंसिर २६ गते लुटिएको ५१ तोला मध्य ३१ तोला गरगहना...

लौ हेर्नुस् लोक सेवाको जागिरमा कसरी कार्यकर्ता भर्ती गर्दैछ एमाले ?

२०७१ पुष १४ गते ५:०९

काठमाण्डु, १४ पुस– सत्तारुढ नेकपा एमालेले पार्टी कार्यकर्तालाई लोकसेवामा जागिर खुवाउन पार्टीको लेटरप्याडमा पत्र लेखेर सिफारिस गर्ने गरेको खुलासा भएको छ । एमाले सचिव पृथ्वीसुब्बा गुरुङले झापाकी सुशीला धिमाललाई अमिनको जागिर खुवाउन भन्दै स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई निर्देशनात्मक पत्र लेखेका हुन् । पार्टीको लेटरप्याड र...

आँपको बगैंचामा घिसारेर हत्या

२०७१ पुष १४ गते ४:५२

सिरहा, १४ पुस– सिरहाको दक्षिणवर्ती हकपाडा गाविसमा मा एक व्यक्तिको आइतबार साँझ हत्या भएको छ । कृष्णपुर–६ का अन्दाजी ४० वर्षीय चन्द्र यादवको हत्या भएको प्रहरीले जनाएको छ । सिरहा नगरपालिकासँगै जोडिएको हकपाडा–७ स्थित खेतमा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाका निरीक्षक राजकुमार...

हाक्किमविरुद्ध फेसबुकमा लेख्ने डिएसपीको जागिर धरापमा

२०७१ पुष १४ गते ३:१८

काठमाण्डु, १४ पुस– फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जाल लोकप्रिय र प्रभावकारी बन्दै गए पनि प्रयोग गर्ने ढंग नहुनेहरुले त्यत्ति नै बढी दुःख, हैरानी र नोक्सानी ब्यहोर्दै आएका  छन् । फेसबुककै कारण कतिको जेलमा बास । कतिको पारिवारिक सम्बन्ध टुटेको छ । कसैको ज्यानै समेत...

राजधानीकै स्कुलमा हुन्छ यौनहिंसा !

२०७१ पुष १४ गते २:०१

काठमाण्डु, १४ पुस– कालिमाटीस्थित जनप्रभात स्कुलका शिक्षक धनेश्वरप्रसाद साहमाथि छात्राहरुले यौनहिंसाको आरोप लगाए । कक्षा ३ देखि ५ सम्मका छात्राले आफूहरुमाथि यौनहिंसा भएको बयानसहित उजुरी दर्ता गराएपछि महानगरीय प्रहरी प्रभाग कालिमाटीले साहलाई पक्राउ गरी हनुमानढोका प्रहरी कार्यालय पठाइदियो । हनुमानढोकाले आरोपी साहलाई १२ दिन...

गणेश थापाले एएफसीको निर्वाचनमा भाग लिन नपाउने

२०७१ पुष १३ गते १५:३३

काठमाण्डु, १३ पुस– राप्रपा नेपालका नेता एवम् सभासद गणेश थापाले एसियाली फुटबल महासंघ ‘एएफसी’ को निर्वाचनमा भाग लिन नपाउने भएका छन् । आर्थिक अनियमितताको आरोपमा विश्व फुटबल महासंघ ‘फिफा’ द्वारा निलम्बित भएका कारण उनले निर्वाचनमा भाग लिन नपाउने भएका हुन् । भ्रष्टाचार प्रकरणमा छानबिनका...

एमालेले भन्यो, ‘माघ ८ मा संविधान आउलाजस्तो छैन’

२०७१ पुष १३ गते १५:०९

काठमाण्डु, सत्तारुढ एमालेले  माघ ८ मा संविधान आउने सम्भावना घर्किंदै गएको निष्कर्ष निकालेको छ । मुख्यालय बल्खुमा आइतबार बसेको स्थायी समिति बैठकले त्यस्तो निष्कर्ष निकालेको हो । यद्यपि बैठकले सहमति प्रयासमा दलीय छलफल भने जारी राख्ने निर्णय गरेको छ । बैठकले संविधानका विवादमा सहमति...

सार्वजनिक यातायातमा फेरि घट्यो भाडा

२०७१ पुष १३ गते १४:५५

काठमाण्डु, १३ पुस– सार्वजनिक सवारी साधनको भाडा फेरि घटेको छ । पेट्रोलियम पदार्थको मूल्यमा लगातार गिरावट आइरेका बेला भाडा नघटाइएको भन्दै जनस्तरबाट व्यापक दबाब आएपछि सरकारले बाध्य भएर भाडा घटाउने निर्णय गरेको हो । यातायात व्यवस्था मन्त्रालयले सोमबारबाट लागू हुने गरी स्थानीय रुटमा एक...

सहमति जुटाउन कार्यदल असफल, माघ ८ मा नआउने भो संविधान

२०७१ पुष १३ गते १४:४४

काठमाण्डु, १३ पुस– संविधानका विवादित विषयमा सहमति खोज्ने जिम्मेवारीसहित गठन गरिएको चार दलीय कार्यदल  सहमति जुटाउन असफल भएको छ । कार्यदलमा सहमति नजुटेपछि विवादित विषयको टुंगो लगाउने जिम्मेवारी पुनः शीर्ष नेतालाई नौ दिइएको कार्यदल सदस्य एवम् सदभावना सह–अध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए । शनिबार...

पेरिसडाँडामा प्रचण्ड र बाबुरामसँग कसरी कड्किए नारायणकाजी ?

२०७१ पुष १३ गते १४:२५

काठमाण्डु, १३ पुस– एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूमाथि पार्टीभित्रैबाट जनयुद्ध नलडेको र आन्दोनलबाट भागेको भन्नेजस्ता आरोप लगाइएको भन्दै आपत्ति जनाएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको केन्द्रीय समिति बैठकमा उनले पार्टीका नेता कार्यकर्तालाई जनयुद्ध लडेको र नलडेको कित्तामा वर्गीकरण नगर्न...

प्रचण्डले दिएपछि लिन लागेको हुँः भट्टराई

२०७१ पुष १३ गते ११:५३

काठमाण्डु, १३ पुस– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आग्रह गरेपछि आफू नेतृत्व लिन तयार भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकमा आइतबार उनले ३० वर्षे राजनीतिक जीवनमा आफूले कहिल्यै नेतृत्व नमागेको बताए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us