समाचार

सिन्धुपाल्चोकमा एक सय ७७ एचआइभी सङ्क्रमित

२०७१ पुष १४ गते १०:३६

सिन्धुपाल्चोक, १४ पुस–सिन्धुपाल्चोक जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या एक सय ७७ पुगेको छ । लामो समयदेखि जिल्लामा एचआइभी एड्स नियन्त्रणका लागि काम गर्दै आएको मिर्मिरे समूहले यो तथ्य सार्वजनिक गरेको हो । तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये ८४ महिला र ८२ पुरुष रहेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा...

यसरी मिल्ने भए एमाओवादीका समानान्तर समिति

२०७१ पुष १४ गते १०:२९

काठमाण्डु, १४ पुस– एकीकृत माओवादीको केन्द्रीय समिति बैठक एक महिनाका लागि पर सारिएको छ । तत्काल संविधान निर्माण र सडक आन्दोलनमा ध्यान दिने भन्दै केन्द्रीय समितिको बैठक स्थगित गरिएको हो । देशभरि संविधान निर्माणका लागि दबाब दिने भन्दै एमाओवादीले जिल्ला जिल्लामा आन्दोलन परिचालन समिति...

यौन दुर्व्यवहार गरेको भन्दै छिमेकीले कुटेपछि ज्यान गयो

२०७१ पुष १४ गते १०:२५

खोटाङ, १४ पुस–छिमेकीको कुटाइबाट खोटाङमा एक व्यक्तिको ज्यान गएको छ । बुहारीमाथि यौन  दुर्व्यवहार गरेको भन्दै आफन्तले कुटपिट गर्दा दिक्तेल नगरपालिका ७ का ५६ वर्षीय खड्गबहादुर राईको ज्यान गएको हो । स्थानीय विश्वकर्मा थरकी एक महिलामाथि यौन दुव्र्यवहार गर्न खोजेको भन्दै उनका आफन्तले शनिबार...

संविधानमा सहमति भएपछि राष्ट्रिय सरकार:ओली

२०७१ पुष १४ गते १०:१७

विराटनगर, १४ पुस–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्धारित समय माघ ८ भित्रै संविधान जारी हुने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले संविधान निर्माणका विषयमा हदैसम्म लचकता अपनाउने र सहमति हुन नसकेका विषयलाई प्रक्रियामा लैजाने स्पष्ट पारे । उनले भने, ‘विभिन्न...

विदेशी रक्सी र सुकुटी चोर पक्राउ

२०७१ पुष १४ गते १०:०८

बागलुङ, १४ पुस–आइतबार राति बागलुङ बजारको एक रेष्टुराँ र मासुपसलमा चोरी गर्ने लुटेरा पक्राउ परेका छन् । राति १ः३० बजे बागलुङ नगरपालिका २ हल्लनचोकस्थित लक्ष्मी मम रेष्टुराँ र आडमा रहेको जङ्गबहादुर थापाको मासुपसलमा चोरी गर्ने उदयपुर लेखानी ६ का युवराज मगरलाई प्रहरीले पक्राउ गरेको...

सुवास नेम्वाङले पनि गाए कांग्रेस–एमालेकै गीत

२०७१ पुष १४ गते ९:३४

काठमाण्डु, १४ पुस– संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सहमति नभए संविधान निर्माणको कार्य प्रक्रियामा जाने बताएका छन् । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमा छलफल समाप्त हुँदा पनि दलहरुमा सहमति नभएमा सभाको नियम, प्रचलन र प्रक्रियाअनुसार कार्य हुने नेम्वाङले बताएका हुन् । संविधानसभाको आजको बैठकमा...

मुम्बाईबाट आएको जहाजमा चरा ठोक्किएपछि आपतकालीन अवतरण

२०७१ पुष १४ गते ९:१०

काठमाण्डु, १४ पुस– त्रिभुवन विमानस्थलमा ओर्लंदै गरेको एक जहाज दुर्घटनाबाट जोगिएको छ । अवतरण गर्दैगर्दा जहाजको पछाडिको भागमा चरा ठोक्किएपछि आगो बलेको थियो । विमानलाई आकस्मिक अवतरण गराइएको थियो । प्रत्यक्षदशीका अनुसार विमानस्थलमा ओर्लंदै गर्दा जेट विमानको पछाडि आगोको धुँवा देखिएको थियो । चालकले...

कमल थापाले भने– ‘९४ प्रतिशत जनता हिन्दू राज्यका पक्षमा छन्’

२०७१ पुष १४ गते ९:०८

कैलाली, १४ पुस– राप्रपा नेपालका अध्यक्ष कमल थापाले ९४ प्रतिशत नेपाली जनता ओमकार सम्प्रदायका भएका भन्दै नेपाललाई हिन्दूराष्ट्र कायम गरिनुपर्ने माग दोहोर्याएका छन् । मेचीकाली पशुपतिनाथ सङ्कल्प रथ यात्राअन्तर्गत आज कैलालीको लम्कीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले ९४ प्रतिशत ओमकारको बाहुल्यता रहेको नेपाललाई संविधानसभाले...

मिर्गौला दिनेमा ८० प्रतिशत महिला, पुरुषले दिए ५० हजार छुट

२०७१ पुष १४ गते ८:३०

भक्तपुर, १४ पुस–मानव अङ्ग प्रत्यारोपन केन्द्र भक्तपुरले मिर्गौला दान गर्नेमा ८० प्रतिशत महिला रहेको जनाएको छ । केन्द्रले मिर्गौला दान गर्नेमा पुरुषको सङ्ख्या अत्यन्तै न्यून रहेको जनाउँदै यसको सङ्ख्यामा वृद्धि गर्न उपचार खर्चमा  ५० हजार छुट दिन सुरु गरेको छ । केन्द्रका निर्देशक डा...

कठ्याग्रिँदो जाडोबाट सातको मृत्यु

२०७१ पुष १४ गते ८:१२

महोत्तरी, १४ पुस–यसअघि जाडोबाट पाँचजनाको मृत्यु भइसकेको महोत्तरीमा थप दुईजनाको मृत्युसँगै यस वर्ष महोत्तरीमा जाडोबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । लगातारको शीतलहर र चिसो हावासँगै बढेको कठ्याग्रिँदो जाडोबाट महोत्तरीमा सोमबार दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको बिजलपुरा गाविस १ बस्ने...

अर्को बैठक बस्ने सहमति गरेर बालुवाटारबाट बाहिरिए शीर्ष नेता

२०७१ पुष १४ गते ८:१२

काठमाण्डु, १४ पुस– प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताको सोमबार बिहान बसेको बैठक बिनानिकर्ष सकिएको छ । संविधानका विवादमा सहमति खोज्न भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बुधबार फेरि अर्को बैठक बस्ने निर्णय गरेर सकिएको हो । विवादित विषयमा सहमति जुटाउन गठित...

सेमेस्टर प्रणालीका पक्षमा भाषण गरे प्रधानमन्त्रीले

२०७१ पुष १४ गते ८:१०

काठमाण्डु, १४ पुस– प्रधानमन्त्री सुशील कोइरालाले त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयमा रुपान्तरण गर्न सरकारले सहयोग गर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको चालिसौं दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री कोइरालाले विश्वविद्यालयले लागू गरेको सेमेस्टर प्रणालीका पक्षमा पनि वकालत गरेका छन् । विद्यार्थीहरुले सेमेस्टर प्रणाली खारेजको माग गरिरहेकै बेला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us