बेनी, १८ कात्तिक– म्याग्दीको गलेश्वर बजारमा नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप हुँदा दुबैतर्फका गरी चारजना घाइते भएका छन् । घाइतेमध्ये एमाले युवा संघका जिल्ला अध्यक्ष दिनेश केसीको अबस्था गम्भीर छ । पोखरामा उपचार सम्भव नभएपछि उनलाई काठमाण्डुको बाँसबारीस्थित न्यूरो अस्पताल रिफर गरिएको...
काठमाण्डु १८ कात्तिक–राष्ट्रपति डा. रामवरण यादवले प्रत्येक नेपालीले आफ्नो दायित्व पूरा गर्दै आगामी मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचन सम्पन्न गरी मुलुकलाई निकास दिन भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन । मुलुकको स्वतन्त्र इतिहासप्रति गौरवान्वित रही राष्ट्रिय एकता र अस्मिताको संरक्षण गर्नु हरेक नेपालीको...
घोराही, १८ कात्तिक– नेकपा एमालेका सचिव शंकर पोखरेलले भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सरकारलाई शान्ति सुरक्षा कडा बनाउन आग्रह गरेका छन् । दाङको विजौरीस्थित आफ्नै निवासमा सोमबार पत्रकारसँग कुरा गर्दै नेता पोखरेलले यस्तो आग्रह गरेका हुन् । निर्वाचनमा आक्रमणका घटना भइरहेकाले सुरक्षा व्यवस्था बलियो...
विराटनगर, १८ कात्तिक -संविधानसभा निर्वाचनलाई हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न गरी देशलाई वर्तमान सङ्कटबाट मुक्त गर्नुपर्ने धारणा मोरङका आममानिसको धारणा छ । साथै संविधानसभा निर्वाचनबाट निर्माण हुने संविधानबाट देशको आर्थिक विकास हुने भएकाले सबैले आ–आफ्नातर्फबाट निर्वाचनमा पूर्णरुपले भाग लिनुपर्ने आवश्यकता रहेको औंल्याइएको छ । नेपालीहरुको महान...
काठमाण्डु, १८ कात्तिक–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव विरोधी दल र समूहको गतिविधि नियन्त्रण गर्न मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको ध्यानाकर्षण गराएका छन् । सोमबार विहान बालुवाटारमा भेट्दै प्रचण्डले एकीकृत माओवादीलगायत दलका उम्मेदवारमाथिको आक्रमण रोक्न रेग्मीको ध्यानाकर्षण गराएका हुन् । वैद्य माओवादीको गतिविधिलाई...
अर्घाखाँची, १८ कात्तिक–अर्घाखाँचीका प्रमुख राजनीतिक दल र तिनका उम्मेदवारले नै संविधानसभा निर्वाचन आचारसंहिताको खिल्ली उडाएका छन् । जिल्लाका प्रमुख तीन दलले नै आचारसंहिता उल्लङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेका छन् । एनेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवार तथा नेताहरुको...
काठमाण्डु, १८ कात्तिक – यमपञ्चकको चौथो दिन सोमबार नेपालीहरुले परम्पराअनुसार गोरु तथा गोबर्द्धन पूजा गरि मनाउँदैछन् । नेवार समुदायले भने म्हःपूजा गर्दैछन् । आज नेपालीहरुले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोबर्द्धन पर्वतको आकृति बनाई गोवर्धन पूजा गर्दछन् । कृषकको जमिन जोत्न...
ललितपुर, १८ कात्तिक–यात्रुबाहक बसबाट खसेर ललितपुरको नख्खुदोबाटोमा एकजना सहचालकको मृत्यु भएको छ । सानेपाबाट एकान्तकुना तर्फ आउँदै गरेको वा २ ख ७१३९ नम्बरको बसबाट खसेर सहचालकको मृत्यु भएको हो । मृत्यु भएका व्यक्तिको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन । बस र चालकलाई प्रहरी...
काठमाण्डु, १८ कात्तिक–देशका बिभिन्न स्थानमा भएको आगलागीबाट लाखौंको क्षति भएको छ । झापाको चारपानेमा राम पियारीको घर गएराती जल्दा २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । विजुली सर्ट भएर घरमा आगो लागेको बताइएको छ । आगलागीबाट घरमा रहेका नगद र जिन्सी सबै जलेर...
सल्यान, १८ कात्तिक वर्षाका कारण अवरुद्ध सल्यानको लुहामदेखि फालाबाङ्ग जोड्ने सडक सञ्चालनमा आएको छ । स्थानीयको श्रमदानमा ७ किलोमिटर लामो सडकखण्डमा यातायतका साधन सञ्चालनमा आएको हो । स्थानीय शरद शर्माका अनुसार स्थानीयले सडक मर्मतकालागि २१ हजार रुपैयाँ सम्म सहयोग गरेका थिए ।...
काठमाण्डु १८ कात्तिक–मुलुकका बिभिन्न ठाउँमा आगलागी हुँदा लाखौं रुपैंयाको क्षति भएको छ । सुनसरीको दुहवीमा विहान ४ घण्टासम्म भएको आगलागीबाट झण्डै ५० लाख रुपैंया बराबरको क्षति भएको प्रहरीको अनुमान छ । विनोद भगत र संजिव भगतको घरमा रहेका झण्डै आधादर्जन पसल जलेर नष्ट भएका...
गुलरिया, १८ कात्तिक-आसन्न संविधानसभा निर्वाचनमा ३१ गाविस र एक नगरपालिकाको जिल्ला बर्दियाबाट ३४ दलका ८५ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार, क्षेत्र नं १ मा २३, क्षेत्र नं २ मा २८ तथा ३ र ४ मा १७÷१७ गरी ८५ उम्मेदवारबीच...