मुम्बाईबाट आएको जहाजमा चरा ठोक्किएपछि आपतकालीन अवतरण

काठमाण्डु टुडे २०७१ पुष १४ गते ९:१० मा प्रकाशित

काठमाण्डु, १४ पुस– त्रिभुवन विमानस्थलमा ओर्लंदै गरेको एक जहाज दुर्घटनाबाट जोगिएको छ । अवतरण गर्दैगर्दा जहाजको पछाडिको भागमा चरा ठोक्किएपछि आगो बलेको थियो ।

विमानलाई आकस्मिक अवतरण गराइएको थियो । प्रत्यक्षदशीका अनुसार विमानस्थलमा ओर्लंदै गर्दा जेट विमानको पछाडि आगोको धुँवा देखिएको थियो ।

चालकले विमानलाई सकुशसल विमानस्थलमा अवतरण गराएका छन् भने अहिले सबै यात्रुहरु सुरक्षित रहेको बताइएको छ । विमान मुम्बाईबाट काठमाण्डु आएको थियो ।

विमानस्थल स्रोतले विमानमा कुनै अप्रिय क्षति नभएको बताएको छ ।

plane_engine_fire

र यो पनि पढ्औ

१६२ यात्रुसहित विमान बेपत्ता

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us