काठमाण्डू, २३ असार– संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको ०८३ को बजेट पारित भएको छ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, ०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो ।
राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।
यसअघि प्रतिनिधिसभा बैठकबाट पनि विनियोजन विधेयक पारित भइसकेको छ । यो सँगै संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएको हो ।