सोलुुखुम्बु, १५ पुस–सोलुखुम्बुको जुनबेँसीस्थित थुप्तेन छोलिङ गुम्बामा बस्दै आएका चीनका बौद्ध धर्मावलम्बीहरु पूजापाठका लागि भन्दै मङ्गलबार बिहान काठमाण्डु जाने क्रममा सडक मार्गबाटै प्रहरीले फर्काएको छ । कुनै परिचयपत्र वा जिल्ला प्रशासनको बिनाअनुमति उनीहरु काठमाण्डु जान लागेको भन्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले ५४ जना तिब्बतीलाई...
सिरहा, १५ पुस–सिरहाको महेशवारीस्थित इलाका प्रहरी कार्यालयभित्रै जग्गाको विषयमा पञ्चायत गर्न पुगेका दुई पक्षबीच झडप भएको छ । झडपमा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा इटहर्वा ७ का राजकुमार यादव र राजेन्द्र यादव छन् । झडपमा इँटा लागेर घाइते यादवद्वयको अहिले...
काठमाण्डु, १५ पुस–सञ्चारकर्मीसँग जबर्जस्ती नगद, सुनको सिक्री, सवारी चालक अनुमतिपत्र लुट्ने घटनामा संलग्न तीन व्यक्तिलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । काठमाण्डु सतुङ्गलमा विजनेस टेलिभिजनमा कार्यरत सञ्चारकर्मीलाई केही दिनअघि राति चारजनाको समूहमा आएकाहरुले लुटपाट गरेका थिए । उनको नगद चार हजार, सवारी...
काठमाण्डु, १५ पुस– सत्तापक्षीय कम्युनिस्ट एमाले र विपक्षी कम्युनिस्ट एमाओवादीका दुई नेता सँगसँगै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’लाई भेट्न नर्भिक अस्पताल पुगेका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरामी भएर अस्पताल भर्ना भएका किरणलाई भेट्न मंगलबार बिहान...
प्युठान, १५ पुस–प्युठान जिल्लाका एचआइभी सङ्क्रमित एक सय ३८ जनामध्ये १४ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्लामा अन्य निकायबाट यसको तथ्याङ्क राख्न सुरु भएपछि सङ्क्रमितमध्ये १४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मृतकमध्ये वैदेशिक रोजगारबाट फर्किएका...
इलाम, १५ पुस–इलाम सदरमुकामस्थित ग्रिनभ्याली एकेडेमीमा अध्ययनरत विद्यार्थीले हेलिकप्टर बनाएर परीक्षण उडान गरेका छन् । कक्षा सातमा अध्ययनरत रेहान्स झा, आदित्य ताम्राकार र नवीन तामाङले मिलेर हेलिकप्टर बनाएका हुन् । हेलिकप्टरको विद्यार्थीले विद्यालय परिसरमा परीक्षण उडान गरेका थिए । हेलिकप्टरका मुख्य निर्माता रेहान्स झाले...
दमक, १५ पुस–नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दमकले गएको तीन महिनामा विद्युत् चोरी गर्ने एक सय ५० जनालाई कारबाही गरी छ लाख असुली गरेको छ । विद्युत् खम्बामा अङ्कुश लगाएर चोरी गर्ने धरमपुर, महाभारा, वैगुनधुरा, तोपगाछीसहितका एक दर्जनभन्दा बढी गाविसबाट केन्द्रले एक सय...
झापा, १५ पुस–झापाको राजगढमा रहेका सातवटा सामुदायिक विद्यालयका एक हजार आठ सय ५० विद्यार्थीलाई जाडोको कपडा वितरण गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच जाडोको कपडा, टोपी, स्विटर, ज्याकेट, जुत्ता, मोजालगायतका सामग्री वितरण गरिएको स्थानीय पशुपति उच्च माविका शिक्षक रमेशकुमार सिंहले जानकारी दिए ।...
इलाम, १५ पुस– घरमा जीवनसाथी हुँदाहुँदै अर्को विवाह गर्ने एक जोडीले जेलको चिसो हावा खाएको छ । पशुपतिनगर गाविस–६ का ३५ वर्षीय मनबहादुर दर्जी र प्याङ गाविस–४ की २८ वर्षीया गीता दर्जीलाई बहुविवाह गरेको कसुर ठहर गर्दै जिल्ला अदालत इलामले सोमबार जनही एक वर्ष...
रौतहट, १५ पुस–सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान निर्माण गर्नका लागि सडक सङ्घर्षको कार्यक्रम तय गर्ने बताएका छन् । कार्यकर्ता भेटघाटका क्रममा रौतहट आएका अध्यक्ष महतोले कर्मचारी मिलन केन्द्रको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले बुधबार हुने संयुतm लोकतान्त्रिक मोर्चाको...
कञ्चनपुर, १५ पुस–जिल्लाको उत्तरी धार्मिक क्षेत्र भम्केनीमा नेपाल आमाको मूर्ति बनाउनका लागि स्थानीयवासीले जमिन दान गरेका छन् । भम्केनी महायज्ञ मूल समितिका सचिव राम दत्त भट्टले नेपाल आमाको मूर्ति बनाउनका लागि चारजनाले जमिन दान गरेको जानकारी दिए । चारैजनाले भीमदत्त नगरपालिका क्षेत्रको एक÷एक कट्ठाका...
भक्तपुर, १५ पुस–काठमाण्डुतर्फ जाँदै गरेको एक निजी कारले लोकन्थली मनोहरा पुलनजिकै मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । गएराति करिब १ः३० बजे भक्तपुरबाट काठमाण्डुतर्फ जाँदै गरेको बा.९च ६५६४ नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेको बा.१७प १९४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको...