किन फर्काइयो बाटोबाटै काठमाण्डु हिडेका तिब्बतीलाई ?

काठमाण्डु टुडे २०७१ पुष १५ गते १०:२४ मा प्रकाशित

सोलुुखुम्बु, १५ पुस–सोलुखुम्बुको जुनबेँसीस्थित थुप्तेन छोलिङ गुम्बामा बस्दै आएका चीनका बौद्ध धर्मावलम्बीहरु पूजापाठका लागि भन्दै मङ्गलबार बिहान काठमाण्डु जाने क्रममा सडक मार्गबाटै प्रहरीले फर्काएको छ ।

कुनै परिचयपत्र वा जिल्ला प्रशासनको बिनाअनुमति उनीहरु काठमाण्डु जान लागेको भन्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले ५४ जना तिब्बतीलाई काठमाण्डु जान रोक लगाएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

हिमाल तराईको ठूलो बस र दूधकुण्ड यातायात समितिको जिप रिजर्भ गरी काठमाण्डु जाने क्रममा सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाबाट करिब पाँच किलोमिटर गाडी गुडिसकेपछि ती तिब्बतीलाई फर्काइएको थियो ।
बिनाअनुमति जिल्ला बाहिर जाँदा शङ्कास्पद गतिविधिमा संलग्न हुन सक्ने भएकाले अन्यत्र जान प्रतिबन्ध लगाएको प्रजिअ ढकालले बताए ।
सोलुखुम्बुको जुनबेँसीस्थित थुप्तेन छोलिङ गुम्बामा चीनबाट आएका तिब्बतीहरु लामो समयदेखि बस्दै आइरहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us