झापा, १५ पुस एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष प्रचण्डसँग एकअर्काविरुद्ध सार्वजनिक रुपमा नकारात्मक टिकाटिप्पणी नगर्ने सहमति तोडेका छन् । ओली झापामा मंगलबार भएको एक कार्यक्रममा प्रचण्डप्रति आक्रामक रुपमा प्रस्तुत भए । प्रचण्डले ओलीलाई राजा महाराजा र देशको ठेकेदार बन्न खोजेको आरोप लगाएपछि...
काठमाण्डु, १५ पुस– कांग्रेसभित्र युवा नेता भनेर चिनिने गगन थापाले संविधान घोषणा गर्न सुवास नेम्वाङ अघि सर्नुपर्ने जिकिर गरेका छन् । आज राजधानीमा भएको एक कार्यक्रममा थापाले संविधान जारी गराउन सभाध्यक्ष नेम्वाङकै सक्रियता आवश्यक भएको बताएका हुन् । ‘काँग्रेसले सहमतिका लागि गरेको प्रयत्न पर्याप्त...
काठमाण्डु, १५ पुस– धनकुटामा कार्यरत नेपाल प्रहरीका जवानले लापारवाहीपूर्वक लोड गरि छाडेको पेस्तोलको गोली लागि उनकै ३ वर्षिया छोरा गम्भिर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी जवान योगेन्द्रबहादुर कार्कीले घरमा राखेको पेस्तोल उनका छोरा अनुष कार्कीले खेलाउने क्रममा गोली लागि...
काठमाण्डु, १५ पुस– नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नवगठित नेकपा माओवादी पार्टीले सबै भातृ संगठनमा नयाँनयाँ नेतृत्व स्थापित गर्दैछ । हालै काठमाण्डुमा भएको उक्त पार्टीका महिला कार्यकर्ताहरुको भेलाले बन्धु चन्दलाई संयोजक बनाएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीको संयोजकमा चन्द चुनिएकी हुन् ।...
रौतहट, १५ पुस–रौतहटमा जारी शीतलहरका कारण मंगलबार सङ्ग्रामपुर गाविस ९ का ६५ वर्षीय जनक हजारी पासवानको मृत्यु भएको छ । यस सँगै रौतहटमा चिसोका कारण ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । अत्याधिक चिसाका कारण कठ्याङ्ग्रिएुर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले...
दाङ, १५ पुस– नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले माघ ८ को समय सीमामा संविधान जारी हुने सम्भावना सकिएको ठोकुवा गरेका छन् । दाङको तुलसीपुरमा पत्रकारहरुसँग बोल्दै महतले दलहरु बीच सहमति हुने सम्भावना टरेको भन्दै माघ ८ मा संविधान आउने सम्भावना नरहेको बताएका हुन्...
काठमाण्डु, १५ पुस–प्रधानमन्त्री सुशील कोइरालाले संविधान लेखनलाई निष्कर्षमा पु¥याउन दलहरूबीच सहमतिको प्रयास जारी रहेको बताएका छन् । तमु ल्होछार २०७१ का अवसरमा आयोजित कार्यक्रममा उनले अखबारमा आउने गरेका समाचारका कारण चिन्तित बन्नु नपर्ने बताउँदै दलहरू संविधानका लागि निरन्तर वार्तामा रहेको उनले बताए । देशमा...
महोत्तरी, १५ पुस–एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले सहमतिको आधारमा संविधान बनाउने समयमा रहेकाले बाह्रबुँदे समझदारी गरेका शक्तिहरूबीच तालमेल हुनुपर्ने बताएका छन् । महोत्तरीको जलेश्वरमा आयोजित जिल्लाको आवधिक जिल्ला विकास योजना तर्जुमा कार्यशालाको उद्घाटन गर्दै उनले राजनीतिक सङ्क्रमण चाँडोभन्दा चाँडो समाधान गर्नुपर्ने बताए ।...
वीरगन्ज, १५ पुस–विद्युत् महसुलबापत पर्सामा सरकारी कार्यालयबाट करोडौँ रुपैयाँ असुल गर्न बाँकी रहेको छ । तीमध्ये सबैभन्दा बढी वीरगन्ज उपमहानगरपालिकालाई करिब नौ करोड विद्युत् महसुल तिर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले जनाएको छ । केन्द्रका अनुसार, वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको बसपार्कवाट...
सुर्खेत, १५ पुस– देश गणतन्त्रात्मक व्यवस्थामा गएको पनि आधा दशक नाघिसक्यो । तर, पूर्वराजा वीरेन्द्रको जग्गा नेपाल ट्रस्टमा ल्याएर पनि अहिलेसम्म उपयोगविहीन अवस्थामा छ । कुनै बेला क्षेत्रीयस्तरको दरबार स्थापना गर्ने भनी निकै चर्चा पाएको सुर्खेतस्थित पूर्वराजा वीरेन्द्रको नाममा रहेको ठूलो परिमाणको जग्गा यतिबेला...
काठमाण्डु, १५ पुस– हराएको तेस्रो दिन एयर एसिया जहाज अझै फेला परेको छैन तर जावा किनारमा ४० जनाको लास परेका छन् । इन्डोनेसियाली जल सैनिकले एयर एसियाको बेपत्ता विमानमा यात्रा गरेका व्यक्तिकै लास भएको दाबी गरेका छन् । इन्डोनेसियाबाट सिंगापुरका लागि उडेको जहाज आइतबार...
काठमाण्डु, १५ पुस– एकीकृत माओवादीसँग सल्लाह गरेर नेकपा–माओवादीले आन्दोलनका कार्यक्रम तय गरेको छ । चार दिनदेखि काठमाण्डुमा चलेर मंगलबार समापन भएको राष्ट्रिय भेलाको निर्णयबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एमाओवादीसँग सल्लाह गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको बताएका हुन् । ...