काठमाण्डु, २४ मंसिर– सोमबारदेखि सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठकमा पार्टीको नवौं महाधिवेशनका विषय उठेको छ । समानुपातिकका सभासद चयनको मापदण्ड बारे छलफल गर्दै एमालेले महाधिवेशन मिति तय गर्नुपर्ने विषयमा छलफल भएको हो । सोमबार दिउँसो केहीबेरका लागि बैठक स्थगन भएको बेला बैठकबारे पत्रकारलाई...
काठमाण्डु, २४ मंसिर– काँग्रेसले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत विजयी उम्मेदवारको नाम निर्वाचन आयोगसमक्ष पेस गर्ने समयावधि पाँच दिन थप गरिदिन निर्वाचन अयोगसँग आग्रह गरेको छ । काँग्रेसमा सभासद चयनका मापदण्ड बनाउनसो आग्रह गरेको हो । काँग्रेसका उपासभापति रामचन्द्र पौडेलसहित वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद...
काठमाण्डु, २४ मंसिर– नेपाल सरकारलाई भारत सरकारले बागमती, लालबकैया र कमलानदी नियन्त्रणका लागि तटबन्धको निर्माण गर्न ३७ करोड रुपैयाँ अनुदान दिएको छ । सिँचाइमन्त्री उमाकान्त झालाई नेपालका लागि भारतीय राजदूत रञ्जित रेले सोमबार अयोजित कार्यक्रममा सहयोग रकम प्रदान गरेका हुन् । नेपाल भारत डुबान...
चितवन, २४ मंसिर– कानुन बमोजिम प्रक्रिया नपुर्याइएका र अन्य मापदण्ड पूरा नगरेका चितवनका चारवटा निजी अस्पताल सोमबारदेखि बन्द भएका छन् । भरतपुरको अस्पताल रोडमा रहेको ओम अस्पताल, एडभान्स अस्पताल, भरतपुरकै वीरेन्द्र क्याम्पस रोडमा रहेको ओएसिस मेडिकल कलेज र पर्सामा रहेको परोपकार अस्पताल बन्द भएको...
महोत्तरी, २४ मंसिर- प्रहरीले अवैध लागुऔषध गाँजासहित भटौलियाका ५० बर्षीय मिश्री साहलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार पक्राउ परेका साहा झोलामा गाँजा बोकी बर्दिवासबाट टेम्पोमा चढी जलेश्वरतिर गइरहेको क्रममा प्रहरीचौकी हातिलेटले जाँचको क्रममा पक्राउ परेको हा । साहको साथबाट साढे...
काठमाण्डु, २४ मंसिर । उपराष्ट्रपति परमानन्द झाले पदमा बसिरहने आफ्नो चहाना नभएको भन्दै संविधान निर्माण चाहना भएको बताएका छन् । उनले भने, ‘राष्ट्रपति, उपराष्ट्रपतिको कार्यकाल लम्बिन्छ भन्ने त्रासभन्दा पनि संविधान बनाउनु नै प्रमुख काम हो, यो पदमा लम्बिएर बस्ने हाम्रो चाहना छैन ।’ आफ्नै...
नेपालगन्ज, २४ मंसिर–अधिकारकर्मीहरुले संविधानसभा गठनमा महिला सहभागिता बढाउने मात्र नभई महिलाका विषय उठाउन पनि त्यत्तिकै आवश्यक भएकोमा जोड दिएका छन् । सञ्चारिका समूहले सोमबार बाँकेको नेपालगन्जमा गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले महिलालाई नेतृत्व तहमा स्थापित नगरुन्जेलसम्म महिला सशक्तीकरण हुन नसक्नेतर्फ ध्यानाकर्षण गराएका हुन् । ‘संविधानसभामा...
जोमसोम, २४ मंसिर–सरकारले प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको आम्दानी पारदर्शी गर्ने प्रयास थालेको छ । मुक्तिनाथ विकास समितिको सक्रियतामा मन्दिरको भेटी जिन्सीलगायत अन्य आम्दानी पारदर्शी एवम् व्यवस्थित बनाउने प्रयास थालिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीले जानकारी दिए । समितिका पदाधिकारी तथा स्थानीय व्यक्ति सम्मिलित समिति...
चितवन, २४ मंसिर–बरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको निधनले उनको गृह जिल्ला चितवनका कलाप्रेमीहरुमा शोक छाएको छ । भरतपुर नगरपालीका–४ बारघरे निवासी निर्देशक रेग्मीको सोमबार विहान काठमाण्डुमा निधन भएसँगै कला साहित्य र संगीतप्रेमी सबै शोकमा डुबेका छन् । चितवन जिल्लामा प्रसारणमा रहेका रेडियोहरुले निर्देशक रेग्मीद्वारा...
काठमाण्डु, २४ मंसिर– ‘शुन्य भ्रष्टाचार शतप्रतिशत विकास’ भन्ने नाराका साथ सोमबार भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइँदै छ । नेपालमा भने दक्षिण अफ्रीकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको निधनमा शोक मनाउँदै मंगलबारसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेकाले सरकारीस्तरबाट कुनै कार्यक्रम आयोजना गरिएको छैन । यसअघि...
खलंगा, २४ मंसिर–रुकुमको खोलागाउँ ७ मैन्यामा बहुला कुकुरले आतंक मच्चाएको छ । बहुला कुकुरले पशु चौपायालाई टोक्न थालेपछि स्थानीय आतंकित बनेका छन् । बहुला कुकुरले अहिलेसम्म १२ वटा पशु चौपायालाई टोकेको स्थानीय वीरेन्द्र अधिकारीले जानकारी दिए । गाई, भैंसी, वाख्रा लगायत बाँधिएका पशु चौपायालाई...
काठमाण्डु, २४ मंसिर– एकीकृत नेकपा माओवादीसहितका १६ दलले आफ्नो पार्टीको तर्फबाट समानुपातिक सभासदहरुको नामावली निर्वाचन आयोगमा नबुझाउने निर्णय गरेको छ । मंसिर चार गते भएको दोस्रो संविधानसभा निर्वाचनमा भएको धाँधली छानविनकालागि उच्चस्तरीय आयोग गठन नभएसम्म संविधानसभा बहिस्कार गर्ने बैठकले निर्णय गरेको हो । बैठकपछि...